रुकुम ह*त्याका*ण्ड : सिङ्गो राज्य सहित हामी तपाईंहरुको साथमा छौ न्याय पाउनु हुन्छ – शक्ति बस्नेत

रुकुम हत्याकाण्डको विषयलाई लिएर शक्ति बस्नेले फेसबुकमा स्टाटस लेख्दै , पीडितहरुलाई न्याय दिलाउने बिश्वास व्यक्त गरेका छन् ।

उनले लेखेका छन्

यहि ज्येष्ठ १० गते चाैरजहारी न पा ८ साेतीमा भएकाे घट्ना बाट ५ जना युवाहरु नबराज वि क, टिकाराम सुनार, गणेश बुढामगर, लाेकेन्द्र सुनार र सञ्जु विक काे शव भेरी नदिकाे विभिन्न स्थानमा फेला परेकाे छ भने अर्काे एक जना गणेश शाहीकाे खाेजि कार्य जारी छ। अाधुनिक अनि समतामुलक समाज र मानवीय मुल्यहरुलाई समेत चुनाैती दिने उक्त घट्नाले हामी सबैलाई स्तब्ध बनाएकाे छ।सन्तान गुमाउनु परेका परिवारकाे निम्ति याे अझ बढि पिडादायी क्षण हाे। घटना संगै सन्तानहरुकाे मृत्युकाे पिडामा राेईरहेका परिवारहरुलाई विभिन्न माध्यमहरुमा पढिने सुनिने क्रिया-प्रतिक्रियाहरुका कारण कतै न्याय नपाईने पाे हाे कि भन्ने अाशंकाले थप पिडाबाेध भईरहेकाे हामिले देखिरहेका छाैं।

हामी विश्वास दिलाउछाैं सरकार सहित सिंगाे राज्य तपाईहरुकाे साथमा छ, हामी जनप्रतिनिधिहरु तपाईंहरुकाे साथमा छाैं।विभिन्न राजनैतिक एबं सामाजिक संघ संस्थाहरु समेत तपाईहरुकाे साथमा छन्। घट्नाकाे जानकारीपाए लगत्तै खाेजि कार्य र अनुसन्धानलाई प्रभाबकारी ढंगले बढाउन हामी जिल्लाका जनप्रतिनिध हरु समेत सरकारीसंयन्त्र र अन्य स्थानिय जनप्रतिनिधिहरु संग समन्वय गर्दै अाईरहेका छाैं। जाहेरी दर्ता भएकाे छ, जाहेरीमा उल्लेखित ब्यक्तिहरुलाई प्रहरीले नियन्त्रणमा लिईरहेकाे छ, हराईरहेकाे बाकि एक जनाकाे खाेजिमा सशस्त्र प्रहरी बलकाे गाेताखाेर टिम लगायतले खाेजि कार्य गरिरहेकाे छ, ४ जनाकाे पाेष्टमार्टम भइसकेकाे छ भने एकजनाकाे भाेली हुदैछ।सबैबाट खबरदारीपनि भशईरहेकाे छ। तसर्थ घट्नाकाे तथ्यपुर्ण छानविन हनेछ।दाेषिहरुलाई जरुर कारवाही हुनेछ र तपाईं पिडित परिवारजनहरुले न्याय पाउनु हुनेछ।फेरि एकपटक मृतकहरु सबैलाई श्रद्धाञ्जली ब्यक्त गर्दछु र शाेकाकुल परिवारजन सबैलाई हार्दिक समवेदना भन्न चाहान्छु।