साऊदीको कुनै अस्पतालले विरामी लिन नमाने पछि कहाँ जाऊ भन्दै एक युवकले सुनाए दुःख लाग्दो खबर

साउदीमा कार्यरत श्रमिक अहिले विरामी भएको अवस्थामा त्यहाँका हस्पिटलहरुले सहज रुपमा भर्ना गर्न वा सेवा दिन नमानेको त्यहा रहेका नेपालीले गु,नासो गरेकाछन् । हाल त्यहाँ रहेका राम चन्द्र वाग्लेले सामाजिक सञ्जाल फेसवुकमा स्ट्याटस पोष्ट गर्दै यस्तो गु,नासो गरेका हुन ।

उनकाअनुसार आज विहान ९ वजे तिर विरामी लिएर क्याम्पवाट निस्किएको र जुवेल स्थित नाम चलेका धेरै हस्पिटलहरुमा विरामीलाई डुलाएको तर लिन नमानेको उनको भनाई छ ।

अन्ततः एक हस्पिटलले लिएको तर त्यहाँ पनि ठाउँ छैन भन्दै केही वेर पछि फिर्ता पठाएकोले अहिले विरामीलाई क्याम्प मै राखिएको बताएका छन । अहिले विरामीको अवस्था पनि निक्कै सिकिस्त रहेकोले अब कहाँ जाउँ कसलाई भनुँ भन्दै उनले त्यहाँ रहेका अन्य नेपालीहरुलाई आफ्नो स्वास्थ्यको ख्याल राख्न सुझाएकाछन् ।

आफूले भो,गेको अनुभव जानकारी दिँदै उनले सामाजिक सञ्जालमा लेखेका छन्,-
साउदी अरब भित्र रहनुभएको साथीहरू आफ्नो ख्याल् गर्नुस यहाँको अवस्थाको बारेमा सामाजिक संजालमा हेरेकै भरमा संक्रमणबाट बचिन्छ भन्ने नसोच्नुस । आफुले आफ्नो स्वास्थलाई बचाउन दैनिक गरम पानी समय अनुसार ब्यायाम खान पिनमा ध्यान दिन जरुरी छ ।

तपाईं हामिलाइ तेति छिटो यहाँको अस्पतालले नलिने रहेछ मेरो आफ्नो अनुभव सुनाउदै छु आज बिरामी लिएर क्याम बाट बिहान नौ बजे निक्लिए जुबेलमा रहेका नाम चलेका अल मुहासद, अलमना, रोएल कमिसन हस्पिटलहरु घुमाउदै जुबेल जनरल हस्पिटल पुर्याए कसैले लिन मानेनन बल्ल बल्ल जनरल हस्पिटलमा लियो चेक गर्यो केही बेरपछी ठाँउ छैन भनेर पठाइदियो ।

क्याममा ल्याएर एउटा रुमामा राखिएको एक दुई घन्टा पछि बिरामी सिकिस्त खप्पन नसक्ने अवस्था छन । कहाँ लाने कसरी लाने न कम्पनी बाट सहयोग पाइन्छ । बाहिर कर्फ्यु छ आफुसग पास छैन । तेहि हस्पिटल घुमाउनु पर्ने हो । हेर्दैनन कहाँ जाउ कस्लाइ भनु दि,क्क लाग्छ। तेसैले सम्पुर्ण साथी यो कोरनालाई ख्याल ख्याल नसोच्नुहोला । आफ्नो तर्फबाट अधिक्तम कोसिस गर्नुहोला । दु,स्मनलाई पनि यस्तो रोग नलागोस ।