नेपालमा ती ब्र रुपमा बढ्दै कोरोना संक्रमित थप २४ जनामा कोरोना पुष्टि

काठमाडौं, १५ जेठ । पछिल्लो समय नेपालमा तीब्र रुपमा कोरोना संक्रमितहरु बढिरहेका छन् । आज (विहीबार) साँझ मात्रै पनि थप २४ जनामा कोरोना पुष्टि भएको छ ।

कपिलवस्तुको विजयनगर गाउँपालिका–३ का २३, ३० वर्षीय पुरुष, वडा नम्बर ५ का २६ वर्षीय पुरुष, वडा नम्बर ७ का ४३, ५२, ३७, ३९, ४० र २७ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो ।

त्यस्तै, कपिलवस्तु नगरपालिका–७ का २७ वर्षीय पुरुष, वडा नम्बर ८ का ३६, ४०, १७, ४४, २३, ३५, २५, २८, ३२, २५, ३४ र २० वर्षीय पुरुषहरुमा कोरोना पुष्टि भएको जानकारी गराइएको छ । त्यस्तै, महाराजगञ्ज नगरपालिका–७ का ३० वर्षीय पुरुषमा पनि कोरोना पुष्टि भएको छ ।

आज कोरोना पुष्टि भएको संक्रमितहरु स्वास्थ्यकर्मीको सम्पर्कमा रहेका जानकारी गराइएको छ । यो सँगै कपिलवस्तुमा कोरोना संक्रमितहरुको संख्या १ सय ३२ जना पुगेको स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ ।

यता, अर्घाखाँची जिल्ला भूमिकास्थान गाउँपालिका–९ का ३५ वर्षीय पुरुषमा पनि कोरोना पुष्टि भएको छ । भारतबाट नेपाल आउने क्रममा उनको बाटोमै मृत्यु भएको थियो । उनको जेठ ११ गते कृष्णनगरमा कोरोना परीक्षणका लागि नमुना स्वाब संकलन गरिएको थियो ।