संसारले दुःख भोग्नुको कारण खराब व्यक्तिको आतंक मात्रै प्रमुख कारण होइन असल मान्छेको मौनता पनि हो ।

जब देखी आफुले आफुलाई बुझ्न थाले त्यसवेला देखि अन्यायको लडाइमा लड्दै आईरहेको छु । हाम्रो समाजमा विद्यमान कुरिती चाहे सामाजिक होस वा जातियताका आधारमा गरिएको थिचोमिचोका विरुद्ध आवाज बुलन्द गर्दै सबै जातको उत्तिकै सम्मान र स्वभिमानको सुरक्षाका लागि, म जस्ता धेरै यूवाहरुलाई सचेत गराएकी छु । समाजका कयौं बिकृती र बिसङ्गतीका बिरुद्ध कदम चाल्दा समयाक्रममा मैले विभिन्न आरोप , लाओचना सहन बाध्य पनि भएको छु । तर समाज परिवर्तन हुन्छ भने हामी जस्ता हजारौ यूवाहरुले त्यस्ता आरोप र अबरोधलाईलाई हटाउन जोखिम उठाउने मात्रै होइन आबश्यक परेमा वलिदान दिन पनि तयार हुनु पर्छ । म सोच्ने गर्थे आजका यूवा धेरै सचेत छन् । भलै पितृसत्तात्मक समाज किन नहोस तर एकाइसौ शताब्दिलाई राम्ररी बुझ्दछन् । तर होइन रैछ । मेरो बुझाई भन्दा फरक रैछ यो समाज ।

एक नाबालिकाले तिमीलाई उत्तिकै प्रेम गर्थिन वा गर्दिनथिन त्यो बेग्लै कुरा हो दुबैमा प्रेम थियो र बिश्वास पनि रहेछ त्यही बिश्वासले एकातिर लकडाउन अर्कोतिर रातीको समयमा पनि साँचो प्रेम प्राप्तिको लागि त्यो हिम्मत गरेका थियौ । तर नबराज तिमीले त्यो आँट गर्नु अगाडि समाजको ऐना हेर्न बिर्सियौ कि थाहा थिएन तिमीलाई ?? तिम्रो कमजोरीमा टेकेर समाजले अक्षम्य र पासबिक अपराध गरेको छ । तिम्रो कमजोरीलाई सम्झाई बुझाई गर्नुपर्नेमा ज्यानै लिनेगरी आक्रमण गर्नु किमार्थ सोच्न सकिने कुरा थिएन ।

समाजिक सञ्जालमा भेटेको तिम्रो फोटो हेर्दा कलिलो र अनेकौ रहरहरु मनमा फुराएर मुस्कुराएको प्रष्ट देखिन्छ। साथमा बोकेको रास्ट्रिय झण्डाले अझ प्रष्ट हुन्छ देशप्रतिको माया र तिम्रो समर्पण । तिम्रो मुटुभन्दा प्यारो राष्ट्रले तिमीलाई स्वाभिमान सहित बाँच्ने अधिकार सुनिचिश्त गरेन । आफ्नो प्रेम नै सर्वपरी ठान्यौ तिमीले तर समाजले तिम्रो चोखो प्रेमलाई बुझेन । अत्यतः सधैको लागि एउटा तारा अस्तायो । अबका दिनमा सबैको सम्झनामा मात्र रह्यौ ।

दर्दनाक पिडाले कति चिच्याउन बाध्य बनायो होला । कति हारगुहार गर्यो होला । स्मरणमा रहेका सबैलाई पुकार्यौ होला । यदि अवस्थाले तिमीलाई अरुलाइ सम्झन नसक्ने बनाए पनि, अन्तिम पटक आफ्नो जन्म दिने बा,आमालाई त पक्कै पनि सम्झियौ होला है …?

हाम्रो धर्ममा भएको विकृती जहाँ सबै जात जातिको सम्मान हुदैन किन ? कामीको सिपले नेपाल जोडियो, दमाईको सिपले पहिचान मिल्यो, सार्कीको सिपले हरेक पाइलामा काडा बिझ्न दिएन।

दु:खको कुरा जसको सिपले नेपाल जितेर आफ्नो पहिचान जोगायो आज तिनै समुदाय अछुत भई रहेका छन् । धन्न कामीसङ्ग खुकुरी बनाउने सीप थियो र पो पुर्खाले शत्रुको नास गरे कसैको शक्ति टिक्न सकेन।

समाजमा विभेदको अन्त्य गर्ला भनेर चुनेको प्रतिनिधि नै आज तिम्रो मृत्युको रक्षाकबज बन्नुपर्नेमा मौन बसे कि ? तिनको मौनता तिमी मात्रै होइन तिमिसङ्गै ३ जना अस्ताए भने थप ३ अझै बेपत्ता छन ।

तिमीमा घटेको यो दर्दनाक घटनाले अब हामी यूवाहरु शान्तिपूर्ण सचेतनामा होइन क्रान्तिपूर्ण चेतनामा लाग्न बाध्य हुनेछौं । शान्तिपूर्ण परिवर्तनको युद्ध जित्ने आशा बोकेका यूवाहरुलाई बन्दुक बोक्न सिकाउँदैछ यो समाजले । मान्छेको बाच्ने अधिकार लुट्ने यसै समाजका उपल्लो वर्ग, केही कुखुरे बाहुन, क्षेत्री भनाउँदालाई यिनै दलित समुदायले एक दिन यातना दिने पक्कै पनि समय आउनेछ ।

दलित समुदायहरुलाई आधार बनाएर शक्तिमा पुगेका प्रचण्ड र बाबुरामले संविधान संशोधन गरेर छुवाछुतको व्यवहार सहदै आएका समुदाय र ठूलाबडा शासकका बीचमा भएको जातिय पर्खालको अन्त्यका लागि कठोर सजाय दिनु पर्छ भनेर आवाज उठाउँनु पर्छ, हैन भने सडकमा यूवाहरुले क्रान्ति सुरु गर्नेछन् ।

अन्याय गर्नु मात्रै पाप होइन सहनु पनि पाप हो। सबै जात र जातीय स्वभिमानको सुरक्षाका लागि, आवाज उठाउ, बोलौ, जागौ सचेत युवाहरु….

कल्पना बास्तोला , मोरङ्ग पथरिनगर – ५, हाल – काठमाडौ