भारतीय मिडियाले भनेजस्तै नेपाल पछि हटेकै हो त सरकार ? – होस् गरौ, यस्तो अबसर फेरी आऊदैन (भिडियो सहित)

काठमाडौं । संविधानविद् डा. भीमार्जुन आचार्यले नक्सासम्बन्धी संविधान संशोधन प्रस्ताव प्रतिनिधिसभाको आजको बैठकको कार्यसुचिबाट हटाईएकोबारे जिज्ञासा राखेका छन् । आचार्यले यस सम्बन्धमा भारतीय सञ्चारमाध्यमहरुले नेपाल नक्सासम्बन्धी संविधान संशोधन प्रस्तावबाट पछि हट्यो भन्ने समाचार दिएको पनि उल्लेख गरेका छन् ।

आचार्यले सामाजिक सञ्जाल ट्विटरमार्फत सरकारलाई अहिलेको अवसर नगुमाउनसमेत सचेत गराएका छन् । उनले यो अवसर गुमे भने फेरि अर्को अवसर कहिल्यै नआन सक्नेतर्फपनि सरकारलाई सजग गराएका छन् ।

आचार्यले लेखेका छन्,’भारतीय सञ्चारमाध्यमहरुले नक्सा सम्बन्धी संविधान संशोधन प्रस्तावबाट नेपाल पछि हट्यो भन्ने समाचार दिएका छन । यता संसद्को आजको कार्यसूचीमा संशोधन एजेण्डा अट्न सकेन। त्यसोभए के उनीहरुले भने जस्तै हो त सरकार? होस् गरौ, यो अवसर गुम्यो भने फेरी अर्को कहिल्यै नआउन सक्छ।’

लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रलाई समेटेर जारी गरेको नयाँ अद्यावधिक राजनीतिक तथा प्रशासनिक नक्साअनुसार निशान छाप परिवर्तन गर्न ल्याएको संविधान संशोधन विधेयक बुधबार प्रतिनिधिसभामा पेश गर्ने तयारी थियो । तर, उक्त विद्येयक आजको कार्यसूचीमा पनि राखिएको थियो । तर बुधबार संसद बैठकमा विधेयक पेश नभएपछि अहिले विभिन्न टिकाटिप्पणी भइरहेको छ ।
आजतक मा छापिएको समाचार हेरौ