यहि हो हाम्रो शिक्षित अनि बिबेकशिल समाज, कठै हामी दलित भएर जन्म लिनु पाप हो- कमला घिमिरे

कमला घिमिरे अर्घाखाँची, 

म बोल्छु ! हे सरकार हत्यारालाइ फासी दे।
लेख्ने हातहरु धेरै कामिएका छन हुन त जति लेखे जति बोले पनि दाइ तपाईंले सुन्नु हुदैन। घिन लाग्यो यो कालो समाज देखेर लाज लागेर आउछ मलाई कानुनी रुपमा छुवाछूतको अन्त्य भयो तर व्याबहारिक मानसिक रुपमा खै ,जहिले पनि हामी माथी अन्याय अत्याचार बिभेद हे पुर्बाको चलन किन मानव हराएको देशको म एक दलित हु ठुलो वडा मन्त्री साम्सद भए खै अधिकार धुसमा बिकेका चाटुकार नेता मन्त्री खै बोलेको कति लाचार छन मान्छेहरु कानुन के सबैलाइ एक हैन संविधानको कागजमा मात्र हो कि कार्यान्वयन पनि हुन्छ्?

यहि हो हाम्रो शिक्षित अनि बिबेकशिल समाज,,कठै हामी दलित भएर जन्म लिनु पाप हो। जो जस्ले पनि निस्वार्थ प्रेम गर्दा त्यसको बदला सजाय मृत्यु दन्ड हुन्छ अनि यो शासकहरु यो बाहानामा घटना कसरी हुन्छ मिलाएर अपराधीलाइ उन्मक्ति दिन तर्फ लाग्छन् अनि हामी कथित सानो जात भएकै कारण कुन बेला कहाँ कस्ले के गर्छ भन्ने त्रास बाचिरहेका हुन्छौ सरकार अझ पनि हामीलाई यस्तै जातीय भेदभाव सहेर बस्नु पर्न हो भने यो संबिधानमा लेखिएका जातीय बिभेध बिरुद्दको कागजी अधिकारको के अर्थ रह्यो र अब के दलित यो देशका नागरिक नै हैनन यदि हैनन भने सम्पुर्ण दलितलाइ देश निकाला गर सरकार हैन भने हामी कति दिन बिभेद बिरुद्दको प्राण त्याग्नु पर्न हो सार्वजनिक स्थलमा छरिएको न्युमा कति कति दिन मरणासन्न हुने गरि पिटाइ खाने हो कहिले सम्म मृत्यु संग डराउनु पर्न हो ।

नेपाली नागरिता पाएका छौ नेपाली टोपि लगाएका छौ हसिलो मुदामा नेपाली झन्डा बोकेका छौ एउटा नेपाली मानवले अर्को नेपाली मानवलाइ माया गरेका छौ अनि पो तपाइ तेहि नेपाली भन्ने नरराक्षसको हातबाट तपाईंको प्रेम खोसेर मारिएका छन तर तपाईंको प्रेम कहिले मर्दैन नबराज बिक ति नरराक्षस पनि अजम्बरी हुदैन मानवीयताको खिल्ली उडाउने ति राक्षसहरुलाइ दन्णनिय सजाय होस ।
तपाईंको आत्माले शान्ति पावोस दाइ।