बाँचेका साथिको दर्दनाक बयान ! ढुङ्गाले हान्दै भेरी नदी बाट तानेर हसिया र लठ्ठीले टाउकोमा हाने – हेर्नुहोस भिडियो

जातियताको नाममा यति ठुलो अपराध कानुन नै आफ्नो हातमा लिनु पर्ने यो कस्तो बिडम्बना । जाजरकोटको भेरी नगरपालिका ४ खलंगाका नवराज विक र रुकुमपश्चिमको चौरजहारीकी सुष्मा मल्लबीच तीन वर्षदेखि प्रेम सम्बन्ध थियो। यो विषय विस्तारै दुबैतिरका परिवारले थाहा पाए। केटीतर्फका परिवारले दलित केटासँगको प्रेम सम्बन्ध कुनै पनि हालतमा अघि बढ्न नसक्ने भन्दै पटक पटक चेतावनी दिँदै आएको थियो। तर, गहिरो माया बसेपछि उनीहरु एकअर्काबिना बाँच्न नसक्ने भन्दै विवाह बन्धनमा बाँधिने निर्णयमा पुगे। केटाको घरमासमेत केटी आउजाउ गर्थिन्। आफ्नो प्रेमलाई विवाहमा परिणत गर्ने सल्लाहबमोजिम सुष्माकै आग्रहमा नवराज साथीहरुसँग केटीको गाउँ सोती पुगे।

एक्लै गए खतरा हुने ठानेरै १८ जना साथी लिएर गएका नवराजलाई अन्नतः साथीहरुले पनि जोगाउन सकेनन्। स्थानीयको आक्रमणमा नवराजसहित दुईजनाको मृत्यु भएको खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा जाजरकोटबाट राजेन्द्र कार्कीले लेखेका छन्। बेहुली लिन गएका जाजरकोटको भेरी नगरपालिका ४ का २१ वर्षीय नवराज विकको शव शुक्रबार बिहान भेरी नदी किनारमा भेटिय को थियो र त्यस्तै तलको भिडियोमा नवराज विकको साथिले आफ्नो बयान दिएको भिडियो जस्ताको तस्तै येहा हरु माझ हामि लिएर आएका छौ सबैले हेर्नुहोला ।

हेर्नुहोस