रुकुमको नवराज बिकलाई गाउँलेले मा*रेर खोलामा फालेको भन्दै उर्लिए महिलाहरु:मन्त्रीलेनै हत्यारा जोगाउदै

काठमाडौं, १४ जेठ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भातृ संगठन नेपाल महिला संघले पश्चिम रुकुमको चौरजहारी नगरपालिका–८ मा भएको घटनाबारे गहिरो अनुसन्धान गरी दोषीलाई कारबाही गर्न माग गरेको छ । संघले घटनाको कडा निन्दा पनि गरेको छ । बुधबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै संघले उक्त घट्ना दलित समूदायका लागि मात्रै नभएर सम्पूर्ण मानव समूदायका लागि अत्यन्तै दुःखद् एवम् अमानवीय घट्ना भएको पनि बताएको छ ।

संघका केन्द्रीय महासचिवहरु धना खतिवडा र मञ्जु खाँण, र कोषाध्यक्ष जानकी सिंहको नाममा जारी प्रेस वक्तव्यमा भनिएको छ,‘यही जेष्ठ १० गते राति पश्चिम् रुकुमको चौरजहारी नगरपालिका ८ सोतीमा घटेको बिभत्स घट्नामा नबराज बिकलगायतका युवाहरुले ज्यान गुमाएका छन् भने ४ जना बेपत्ता पारिएका छन्। यो घटना दलित समुदायका लागि मात्रै नभएर सम्पूर्ण मानव समुदायका लागि अत्यन्तै दुःखद् एंव अमानवीय घट्ना हो ।’