स्याङ्जामा २ जनामा देखियो कोरोना संक्रमण

काठमाडौं । स्याङ्जामा दुई जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ ।

स्याङ्जाको वालिङमा रहेको क्वारेन्टाइनमा बसेका दुई जना पुरुषमा कोरोनाको संक्रमण पुष्टि भएको स्याङ्जाका प्रमुख जिल्ला अधिकारी ध्रुव गिरीले जानकारी गराएका छन् ।

संक्रमित दुई जना भारतबाट आएको जनाइएको छ । उनीहरुलाई भारतबाट आए लगत्तै क्वारेन्टाइनमा राखिएको थियो । गिरीका अनुसार कोरोना संक्रमित दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरुलाई आइसोलेसन वार्डमा राखिएको जनाइएको छ । यसबारे सबै विवरण गण्डकी प्रदेशले पत्रकार सम्मेलनमा जानकारी गराउने जनाइएको छ ।