वैज्ञानिकहरुले दाबी कोरानाविरुद्वको एडि २६ खोप बाँदरमा प्रभावकारी रहेको – अब मानिसमा परीक्षण

एजेन्सी १३ जेठ । कोरोना भाइरसविरुद्वको प्रोटोटाइप खोप एडि २६ प्रभावकारी रहेको वैज्ञानिकहरुले दाबी गरेका छन् । उक्त खोपले बाँदरमा कोरोनाविरुद्व लड्न प्रभावकारी असर देखाएको भन्दै वाल्टर रिड आर्मी इन्सटिट्यूटका निर्देशक डा.नेल्सन माइकलले दाबी गरेको हुन् ।

बाँदरमाथि गरिएको परिक्षणले बाँदरलाई कारोनाप्रति लड्न प्रतिरक्षा प्रणालीको विकास गरेको जनाइएको छ । उक्त खोपको पहिलो चरणको परिक्षण रहेको निर्देशकले जनाएका छन् । पहिलो चरणमा खोप कितको सुरक्षीत हुने र कसरी शरीरमा कार्म गर्ने विषयलाई मध्येनजर राखिने गर्दछ । उक्त खोपले पुनः मानिसहरुमा आश सिर्जना गरेको छ ।

परिक्षणको सफलताले खोपको निर्माण हुने निर्देशकले विश्वास व्यक्त गरेको छ । कम समयको परिक्षण सफल भएको र उक्त खोपको लामो समयको परिक्षण भइरहेको निर्देशकले जनाएका छन् ।

मानिसमा कति मात्रामा खोपको डोज दिने विषय लामो परिक्षणले निर्धारण गर्नेछ । बाँदरमा गरिएको परिक्षण्मा शरीर सुरक्षीत भएको साथै खोपले शरीरमा गइ केहिदिनमैै असरसमेत गरेको निदेशकले जनाएका छन् ।

परिक्षण ३५ दिनसम्म भएकोमा पुनः बाँदरलाई कोरोना भाइरसको शिकार बनाई दोस्रो चरणको परिक्षण सुरु गरिएको छ । पुनः परिक्षणको क्रममा रहेको एडि २६ ले भाइरसको संक्रमणमा रोक लगाइ पुनः जीवीत हुनबाट रोक्न सक्ने अुनमान निर्देशकले लगाएका छन् । तीन हप्ताभित्र पुनः गरिएको परिक्षणको नतिजाले खोप प्रभावकारी छ कि छैन् भन्ने विषयको अन्यौल्तालाई स्पष्ट पार्नेछ । जनसन एण्ड जनसन कम्पनीको समन्वयमा खोपको निर्माण भइरहेको छ ।