बाँके र बर्दियामा थपिए ५ कोरोना संक्रमित : संक्रमितकाे कुल संख्या ६ सय ८ पुग्यो

काठमाडाैं । अ‌ाइतबार फेरि पाँच जना काेराेना भाइरस संक्रमित थपिएका छन् । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङका अनुसार बाँकेका चार र बर्दियामा एक गरी थप पाँच संक्रमित थपिएका हुन् । प्रतिष्ठानका कायमुकाय रजिस्टार कैलाशप्रसाद देवले अ‌ाइतबार विज्ञप्ति निकालेर थप पाँच जनामा संक्रमण पुष्टि भएकाे जानकारी दिनुभएकाे छ ।

प्रतिष्‍ठानकाे प्रयाेगशालामा गरिएकाे परीक्षणबाट बाँकेकाे राप्ती सोनारी गाउँपालिका- ५ का चार जना युवामा काेराेना देखिएकाे छ । संक्रमित १६, २३, २३ र २४ वर्षीय युवामा संक्रमण पुष्टि भएकाे हाे । उनीहरु नारायणपूरस्थित भवनपुर माविकाे क्वारेन्टाइनमा बसेका थिए ।

१ सय २९ जनाकाे स्वाब परीक्षण गर्दा ४ जनामा पाेजेटिभ देखिएकाे विज्ञप्तिमा उल्लेख छ । यसअघि पनि राप्ती साेनारीमा एक संक्रमित भेटिएका छन् ।

यस्तै बर्दियाकाे बासगढी-९ का २५ वर्षीय पुरूष संक्रमण पुष्टि भएकाे छ । एक सय जनाकाे पीसीअ‌ारबाट परीक्षण गर्दा एक जनामा काेराेना देखिएकाे छ ।

अहिलेसम्म १ हजार ६ सय ४४ जनाकाे नमुना संकलन गरिएकोमा प्रतिष्ठानमा ३६ जनामा संक्रमण देखिएको विज्ञप्तिमा उल्लेख छ । १ हजार ३ सय ७८ जनामा संक्रमण नदेखिएको बताइएको पनि विज्ञप्तिमा लेखिएकाे छ ।

२ सय ६६ जनाको नमुना परीक्षण प्रक्रियमा रहेको विज्ञप्तिमा उल्लेख छ । याेसँगै नेपालमा काेराेना संक्रमितकाे संख्या ६ सय ८ पुगेकाे छ । अ‌ाइतबार अपराह्यन १९ जना संक्रमित थपिएका थिए । नेपालमा काेराेनाले ३ जनाकाे ज्यान लिएकाे छ । कुल संक्रमितमध्ये ८७ जना निकाे भएका छन् ।