नेपाली भुमिमा भारतले सडक निर्माण गरिरहँदा कलाकारहरुको खबरदारी “हाम्रो माटो” (भिडियो सहित)

काठमाण्डौ जेष्ठ ८ – विश्व यतिबेला कोबिड-१९ कोरोना भाइरसको महामारीबाट छ । विश्व कसरी यो महामारीबाट बच्ने भन्ने चिन्ताबाट गुज्रदै गर्दा नेपाली भुमिमा भारतले सडक निर्माण गरे सङ्गै आफ्नो छाती मिचिएको महशुस गरिरहेका छन् । यसै सन्धर्वमा अमृत खातीको उत्कृस्ट सब्द तथा खाती र राजा राजेन्द्रको सङ्गीतमा सामुहिक देश भक्ति गित “हाम्रो माटो” सार्वजनिक भएको छ ।

विश्व मानव जातीकै समस्याको कारणले कोरोना भाइरसको महामारीसँग बिश्व समुदायनै सामुहिक रुपमा लड्दै गर्दा भारतले नेपालको स्वीकृति बिनै भूमि मिचेर बाटो बनाएपछि बिश्वमा रहेका अधिकांश नेपालीले आफ्नै तवरले विरोध गरे र गरिरहेका छन् । चर्चित गायक ,सङ्गीतकार ,गीतकार अमृत खातीलाई पनि छिमेकीले मिचेको भुमिले बेस्सरी दुखायो । खातीले त्यहि दुखाईलाई शब्दमा सृजना गरेर चर्चित हास्य कलाकार तथा गायक राजा राजेन्द्र सङ्ग मिलेर सङ्गीत भर्ने काम गरे ।

यसरी सब्द र सङ्गीत तयार भएपछि चर्चित गायक गायिका अ्मृत खाती ,राजा राजेन्द्र पोखरेल् ,बिक्रम जङ्ग शाह, सिर्जु अधिकारी ,अनु अधिकरीले आवाज भरेका छन । यस्तो महामारी को बेला गीत रेकर्ड गरी भिडियो नै बनाएर सार्वजनिक गर्न त्यत्ति सहज थिएन् । तर, कलाकारले शाहसका साथ प्रयास गरेर उपयुक्त समयमा सिर्जु अधिकारी यू टुब च्यानल मार्फत सार्वजनिक गरेका छन । उक्त गितमा सङ्गीत सम्योजन कमल सौरागको रहेको छ भने स्टुडियो मुर्चुङ्गा डिजिटल रहेको छ ।

यसै गरि रेकर्डिङ र मिक्सिङ्ग सन्जय शृपालको रहेको उक्त देशभक्ति गितको निर्देशन र सम्पादन हुम गैरेको छ भने छायाङ्कन रहेको छ ।अहिले नेपाल सरकारले नेपालको नया नक्सा जारी गरिसकेको छ र बिशेस गरि भारत र बिश्व सामु चुनौती पुर्ण चर्चा परि चर्चा भै रहेको छ । अब आफ्नो पहिचान सहित स्वाभिमान बोकेका नेपालीहरुका लागि नक्सामा भएको जमीन फिर्ता गर्न एक जुट हुन जरुरी रहेको छ । त्यसैले यो गित सम्पुर्ण नेपालीको लागि हौशला र उत्प्रेरणा हुन सक्छ र सबैले सुन्नु पर्ने भएकोले लाइक कमेन्ट शेयर गरिदिनु होला ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।