पोखरामा गाडेको अवस्थामा भेटिएको सुजन विकका आरोपी पक्राउ

पोखरामा दुई दिन अगाडि गाडेको अवस्थामा भेटिएको सुजन विकका ह,,त्या आरोपीलाई आज जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ गरेको छ । विकको ह,,त्या आरोपमा प्यूठान गौमुखी गाउँपालिका वडा नं ३ डिहिगाउँ घर भएका २१ वर्षका थमन पुनमगर र २३ वर्षका प्रकाश घर्तीमगरलाई प्रहरीले पक्राउ गरेको प्रहरी उपरीक्षक दानबहादुर कार्कीले जानकारी दिनुभयो । यही जेठ ३ गतेदेखि हराएका कास्कीको मादी गाउँपालिका घर भई हाल पोखरा महानगरपालिका–२७, लेखनाथको अघौँमा बस्दै आएका विकको चार दिनपछि गाडिएको अवस्थामा श व फेला परेको थियो ।

प्रहरीका अनुसार बिजुलीको पोल गाड्ने काम गर्ने उनीहरु शनिबार साँझसँगै म – दिरा सेवन गरी घर फर्कने क्रममा विवाद भएपछि ढु ङ्गाले हानेर ह,,त्या गरेको अनुसन्धानबाट खुल्न आएको छ । प्रहरीले घटनाका विषयमा १० जनालाई पक्राउ गरेर अनुसन्धान गरेको थियो । सुजनको श,,व सृजना बहिरा स्कुल नजिकै खेतको कुलो छेउमा खाल्डो खनेर पुरेको अवस्थामा भेटिएको थियो ।

यसै विषयमा उनकी आमा संग हामीले कुराकानि गरेका छौ र जिल्ला प्रहरी कार्यलय कास्कीले पत्रकार सम्मेलन गरेर ह,,त्यारा सार्बजनिक गरेको छ हेरौ पत्रकार सम्मेलन मा कास्की प्रहरी प्रमुख एसपि दानबाहदुर कार्की के भन्नुहुन्छ भिडीयो सहीत।