आखिर किन गरिन यी महिलाले परपुरुषसँग एउटै रुखमा झुण्डिएर आ*त्माह*त्या (भिडियो सहित)

रुपन्देहीमा दुईजनाले एउटै रुखमा झुण्डिएर आत्महत्या गरेको अवस्थमा फेला परेका छन । श्रीमान रोजगारीको सिलसिलामा विदेश रहेका गुल्मी जिल्ला मदाने गाउँपालिका वडा नम्बर ५ मलागिरी घर भै हाल रुपन्देहीको मोतिपुरमा वस्ने २४ बर्षीया गीता खडका क्षेत्री र उदयपुर जिल्लाका ३०हिरा श्रेष्ठ एउटै रुखमा झुण्डिएर आत्महत्या गरेको अवस्थामा प्रहरीले फेला पारेको छ । बुटवल उपमहानगरपालिका वडा नम्बर १९ मोतिपुरको जगलमा सिसौको रुखमा प्लाष्टिकको डोरीले पासो लगाई दुवैजना सँगै जस्तै गरी एउटै रुखमा झुण्डिएको अवस्थामा फेला पारेको ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक भीमलाल भट्टराईले जानकारी दिनुभयो । थप जानकारी सहितको भिडियो हेर्नुहोस ।।