सामाजिक सेवी ज्वाला संग्रौला को जापान बाट अहिले सम्मकै माहान कार्य !

लन्डन : जापानमा बसेर सामाजिक संजाल मार्फत कलम चलाउदै आएकी सामाजिक सेवी ज्वाला संग्रौला आफ्नो फेसबुक वाल मा अहिलेको विश्व व्यापी फैली रहेको कोरोना सम्बन्धित धयानकर्षण गराएकी छन् । उनि आफ्नो फेसबुक वालमा जापान सरकारले बैधानिक रुपले बसेर काम गरिरहेका बिदेशी नागरिक हरुको लागि पनि प्रति ब्यक्ति १० मान ( नेपाली एक लाख रुपैंया बराबर ) प्राप्त भएको र त्यो उक्त रकम नेपालमा दुखि: गरिब पिडित हरुको लागी हस्तान्तरण गरिने घोषणा गरेकी छन् । हेर्नुहोस बाकी उनि लेख्छिन :

जापान सरकारले यो देशमा बैधानिक रुपले बसेर काम गरिरहेका बिदेशी नागरिक हरुको लागि पनि प्रति ब्यक्ति १० मान ( नेपाली एक लाख रुपैंया बराबर ) रकम उपलब्ध गराउने भएको छ र त्यो रक़म पाउनेमा म पनि परेकी छु! सरकार गतिलो भए त्यो रकम म कोरोना कोषमा जम्मा गरेर सरकारलाई सघाउने थिएँ तर बिपतिमा पनि चरम भ्रस्टचार गरेर नागरिकको हक़ छिन्ने र गरिब तथा मजदुरको भोको पेटमा लात्ती हान्ने काम गरेकोले सरकारलाई सघाउने र बिश्वास गर्ने ठाउँ छैन ! त्यसैले मैले पाएको यो एक लाख रुपैयाको राहत मेरो आफ्नै प्रयासमा नेपालमा रहेका अति बिपन्न , गरिब र कोरोना प्रभाबित जनताहरुलाई मेरै हातले दिन चाहन्छु! यसै सिलसिलामा मोरङ्ग जिल्ला बिराटनगर बास्बारी नहर टोल सुकुम्बासी बस्ती जहाँ चार दिन अघिबाट बालबालिकाहरु , ब़ृद्दहरु र असहायहरु भोकभोकै बसेको खबर Milan Karki भाईले मलाई दिनु भएकोले त्यहाँ रहेका १० घर सुकुम्बासीहरुलाई मेरो तर्फबाट चाँडै राहत बितरण हुँदै छ !

मसँग पनि आफू भोकै हिँडेको इतिँहास छ, खाली खुट्टा कैयौं गल्लीहरुमा भौंतारिएको अतीत छ, दुख के हो राम्रोसँग बुझेर यहाँसम्म आएको छु ! त्यसैले मलाइ दुखी गरिब देख्ने बितिकै सहयोग गर्नुपर्छ भन्ने भावना जागृत हुन्छ ! मैले पटक पटक भन्दै आएको छु, बिपतिमा आफूजस्तै अर्को मानब लाई सहयोग गरौँ ! शरिर स्वस्थ भए , बाँचि रहे , मेहनती बने , यो धर्तीमा ईमानदार भएर उँभिन सके पैसा त जति पनि कमाईहालिन्छ नि ! I love my country Nepal and it’s People !! ????