१ बर्षमा २ पटक सम्म किन भाँचियो बडीघाट झेर्दीको पुल, दोषी को हो त ? साढे ५ करोड खोलामा। कारण केही त छ ?(भिडियो सहित)

गुल्मीमा गएराती परेको अबिर वर्षासँगै बाढि आउदा बन्दै गरेको पुल बगाएको छ । जिल्लाको मुसिकोट नगरपालिकाको झेँदीमा निर्माणाधिन वडा नम्बर ३ वडागाउँ र वडा नं ७ वामी जोड्ने पुल भत्किएको हो ।  ०७३ साल असारमा सम्झौता भएको पुल ०७५ असार मसान्तसम्म सम्पन्न गर्नुपर्ने थियो । गत वर्षको वैशाख १ गते खोलामा आएको अत्याधिक बाढीका कारण ढलान गरेको दुई दिनपछि भत्किएको थियो ।  पुल भत्किएको ८ महिनापछि पुनः बनाउन सुरु गरिएको थियो । भत्किएको छोटो समयमै पुल निर्माण कार्य सुरु हुन्छ भन्ने कसैले सोचेका थिएनन् । तर निर्माण सुरु भएसँगै स्थानीयमा पुलबाटै आवत–जावत गर्ने स्थानीयको आशा पलाएको थियो ।
चैत ३० गते मात्र ढलाइ भएको पुलको गएराती आएको बाढीले तल लगाएको टेका बगाएपछि पुल नै भत्किएको मुसिकोट नगरपालिका नगरप्रमुख सोमनाथ सापकोटाले बताए । केहि दिन अधि ढलाई गर्ने कार्यक्रम रहेपनि लकडाउनका कारण सो योजना स्थगित गरिएको थियो ।  पुल भत्किएसँगै यसपटक बाढीले फर्मा, फलामका पाइप, जेनेरेटर, ह्युम पाइप र ढलाइ बगाएकाले ठूलो क्षति पुगेको छ । स्वीस सरकारको सहयोगमा स्थानीय सडक पुल कार्यक्रम अन्तरगत कुल ५ करोड १७ लाखको लागतमा बन्न लागेको पुलको वाइटी जय बुद्ध कन्ट्रक्सन प्रालीले जिम्मा लिएको छ । थप जानकारी सहितको भिडियो हेर्नुहोस ।।