एक कल फोनको भरमा, राहात पुग्यो घर–घरमा ! घरमा खाने छैन भने फोन गरिहाल्नुहोस, यस्तो देखियो पोखरामा

पोखरा महानगरपालिकाले नगरवासीका गुनासो सुनेर सम्भव भएसम्म तत्काल सम्बोधन गर्न टोल फ्रि नम्बर सञ्चालन गरेको छ । नगरवासीले आफूलाई परेका समस्या टोल फ्रि नम्बर ११८१ मा फोन गरेर टिपाउन सक्ने महानगरले बताएको छ । यो नम्बरमा फोन गर्दा पैसा लाग्दैन ।

कोरोना भाइरसको महामारीको समयमा नगरवासीका स्वास्थ्य सम्बन्धी गुनासा, लकडाउनले जोखिममा परेका समुदायको समस्या लगायत नगरवासीका हरेक गुनासो सुनेर सम्भव भएसम्म तत्काल सम्बोधन गर्न टिम पनि बनाइएको पोखरा महानगरपालिका सूचना अधिकारी भरतराज पौडेलले बताए । यो टोल फ्रि नम्बर ११८१ मा कार्यालय समयमा फोन गरेर गुनासो टिपाउन र कोरोना महामारीलाई रोकथाम गर्न रचनात्मक सुझाव पनि दिन सकिने छ ।

यसैबीच महानगरले घरमा चुलो निभेका जनतालाई ११८१ मा एक कल फोन गरेकोको भरमा राहात घर–घरमा पुर्याएको छ । थप जानकारीको लागि तलको भिडियो हेर्नुहोस ।