अन्जु पन्त र विशाल श्रेष्ठको ‘तिमीलाई छोडेर’ गीत सार्वजनिक (भिडियो)

अन्जु पन्त र विशाल श्रेष्ठको ‘तिमीलाई छोडेर’ गीत सार्वजनिक भएको छ । बाल्यकालदेखी नै गायनमा रुची भएका गायक श्रेष्ठ पेशाले सिभिल इन्जिनियर पनि हुन् । तर उनको गायक बन्ने ठुलो सपना भएकाले हालै मात्र गायिका पन्त सँग सहकार्य गरेका छन् । गीतको म्युजिक,शब्द र एरेन्ज निम संगीतकै रहेको छ । एक छिन पनि आफ्नो प्रेमीलाई छोड्न मन नभएको भावले भरिएको गीतमा राजन ढकाल र सुजना ढकालले अभिनय गरेका छन् ।

साथै भिडियोको कोरियोग्राफी शिव बिकले गरेका छन् ।