पुर्बेली गायक बासुदेव राईले गायिका सुप्रिया राईलाई तिम्रै लाग्छ माया भन्दै हौस्याएका छन्

काठमाडौं । पुर्बेली गायक बासुदेव राईले गायिका सुप्रिया राईलाई तिम्रै लाग्छ माया भन्दै हौस्याएका छन् । उनले एक गीत मार्फत यसरी हौस्याएका हुन् । केही समय अगाडी मात्र भोजपुरै दिङ्ला बजारमा ल्याएका राईको तिम्रै लाग्छ माया तेश्रो प्रस्तुतिको रुपमा आएको छ ।

पुर्बेली जुनतारा म्युजिक प्रा.लि.को प्रस्तुतिमा आएको उक्त गीतमा प्रियजन राईको शब्द तथा संगीत रहेको छ भने दिनेश राजबाहकको संगीत संयोजन रहेको छ । समिर राईले छायाँकन गरेको भिडियोको सम्पादन तुलसी बाँस्कोटाले गरेका छन् । पुर्बेली मौलिक स्वरमा अब्बल गायक बासुदेव राईले श्रोताहरुको माग बमाृेजिम तत्कालै अर्को प्रस्तुति ल्याउँने गरी तयारी गरिरहेको बताए ।

भिडियो हेर्न लिंकमा जानुहोस् :