भिम बिष्ट र एलिना चौहानको स्वरमा ‘बेहुलो बनेर’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं : पछील्लो समय चर्चित गीतहरुमा आफ्नो शब्द संगीत र स्वर दिएर दर्शकको मन जितिरहेका गायक भिम बिष्ट र पछील्लो समयकी चर्चित गायिका एलिना चौहानको स्वरमा सजिएको गीत ‘बेहुलो बनेर’को भिडियो सार्वजनिक भएको छ ।

भिम बिष्टकै शब्द/संगीत र पुषकर सुनुवारको संगीत संयोजन रहेको गीत इनाक्षी इन्टरटेन्मेन्टको युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो । भिम र एलिनाकै स्वरमा यो भन्दा अगाडि इनाक्षी मार्फत नै ‘धोका दियो हाइटले’ सार्वजनिक भएको थियो । जुन गीत युट्युबको ट्रेन्डिङमा राम्रो स्थान लिदै उत्कृष्ट भ्युज ल्याउन सफल भएको थियो ।

रोमान्टिक फ्लेवरको गीतको भिडियोमा गायक भिम र गायिक एलिना नै फिचर्ड छन । रोशन दाहालले छायाँकन गरेको भिडियोमा बिकास बिसीको सम्पादन रहेको छ ।

भिम बिष्टका यो भन्दा पहिलेका सबै गीतहरु हिट नै छन । यो गीतमा पनि आफुहरुले निकै मेहनत गरेर ल्याएको र दर्शकहरुले पनि पहिलेका गीत जस्तै मन पराइदिनेमा आफु र आफ्नो टिम ढुक्क रहेको बिष्टले बताए ।

गीत निकै नै मेलोडियस भएको कारण दर्शकहरुले मन पराउनेमा आफुहरु ढुक्क रहेको इनाक्षी इन्टरटेन्मेन्टका राम कंडेलले जानकारी दिए । पछिल्लो समयमा इनाक्षी इन्टरटेन्मेन्ट मार्फत उत्कृष्ट गीतहरु सार्वजनिक भैरहेका छन । इनाक्षीका लग भग सबै गीतहरु युट्युब ट्रेन्डिङमा उच्च स्थान प्राप्त गर्दै मिलियन भ्युज ल्याउने गरेका छन । भिडियो हेर्नुहोस् :