इटलीको भयाबह अबस्थाले के हामीलाई जगाउदैन ?? के हामीलाई सताउदैन ??

काठमाडौँ : कहिलेकाही असहज परिस्थितिलाई सहज र सहि तरिकाले नियन्त्रण , ब्यबस्थापन र परिणाममुखी बनाउने हो भने त्यही असहज परिस्थिति नै सफलताको हतियार बन्न पुग्छ । कोरोनाको संक्रमणको नियन्त्रण र ब्यबस्थापन नै दुई बर्ष सम्म जनतामा उभार भएको सरकारको आलोचना र अलोकप्रियतालाई cash र मत्थर गर्ने यो भन्दा अर्को कुनै अबसर र मौका नहुन सक्छ । कोरोनाको सन्त्रासले भयभीत जनतालाई बिश्वास दिलाउदै आबश्यक नियगमन र अनावश्यक तडक भडक निशेध गर्ने , सम्भाबित सक्रमणलाई ध्यान दिदै संक्रमित ब्यक्तिको उपचारार्थ अस्पतालहरु आबश्यक तयारीमा राख्ने ।

हबाई उडान , डान्सबार , दोहोरी साँझ ,महोत्सव , सम्मेलन ,राजनैतिक भेटघाट ,सम्मेलन , मुर्तह तथा उद्घाटन ,उधोग , कलकारखाना ,बिधालय तथा कलेज, फिल्म हल ,ठुला सपिङ्ग मलहरु , ब्रतबन्ध, भोज भतेर, पिकनिक जस्ता कार्यहरू केही समयको लागि निशेध गरौं । अप्ठ्यारो परिस्थितिमा हुँदा पनि कालोबजारी र जनता चुस्ने केही ब्यापारीक घराना र स्थानहरुमा हस्तक्षेप गरेर कारबाही गर्ने हो भने सरकारको आलोचना र बिरोध धेरै हदसम्म मत्थर हुनेछ ।

बिश्वभर कोरोना भाईरसको संक्रमण दिनानुदिन बढ्दै गएको अबस्थामा अन्य देशका प्रमुख वा मातहतका मन्त्रीहरु नागरिकलाई सचेत बनाउदै उच्च सतर्कता अपनाईरहेका छन । कतिपय स्थान र संक्रमणको अवस्था हेरेर बिधालय , बैंक , कम्पनी , हवाई उडान , फिल्म हल तथा city lockdown सम्म गरिरहेका छन । संक्रमणको सबैभन्दा जोखिम माध्यम बिमानस्थलमा चेकजाँच कडाई गरेका छन । विभिन्न स्प्रे, थर्मल चेक तथा auto scan indicator सहितको आधुनिक चेकजाँच शुरूवात गरिसकेका छन ।

विभिन्न रेस्टुरेन्ट , बैंक , सुपरमार्केट र कम्पनीहरुमा काम गर्ने कमदारलाई mask , glove तथा sanitizer dispenser हरु समेत ब्यबस्थापन गर्न निर्देशन समेत दिएका छन । तर हाम्रो देशका स्वास्थ्यमन्त्री जस्तो महत्त्वपूर्ण र जिम्मेवार ब्यक्तीले रास्ट्रिय मिडियाको सरकारी तयारी र सूचनालाई नागरिक समक्ष पुयाउन गरेको आग्रहलाई लत्याउदै पाहुनाप्रेमी बन्छन । हो हामी पाहुनाको अति आदर , सत्कार गर्छौ। तर जिम्मेवार मन्त्रीले आम जनताको अपेक्षालाई के उपहास गर्न मिल्छ ? आम जनतामा के सरकारी तयारी र ब्यबस्थापनको सहि सूचना दिदा नकारात्मक असर गर्छ र ??

हामीलाई हाम्रो क्षमता , दक्षता , जनशक्ति र अर्थतन्त्र के कस्तो अबस्थामा छ थाहा छ। स्वार्थी , पापी र दुष्टहरुको मनोवृत्ति पनि थाहा छ । रेमिटेन्सले टेको लगाएको अर्थतन्त्रलाई करको डोरीले जेलेको पनि थाहा छ । सय , पचास , हजार , लाख , करोडबाट मात्रै सहमती होइन अरब र खरबबाट सहमती हुन थाल्यो भन्ने पनि थाहा छ ।

हामी नेपाली असाध्यै भाग्यमानी हौ भन्ने थाहा छ । आफ्नै देशको सुन छोडेर लसुन किन्न खाडी धाएका छौ भन्ने पनि थाहा छ । हामी अलि भावनामा बहकिन्छौ भन्ने पनि थाहा छ र त धुर्मुस सुन्तलीका हरेक हिम्मत र आँटलाई देशबिदेशबाट फत्ते गरिदिन्छौ । स्वेता खड्काको साहसिक प्रयासलाई मर्न दिदैनौ भने रबि लामिछानेको कदमलाई हातेमालो गर्छौ । हो हामीलाई थाहा छ हामी गरीब पक्कै छौ तर मनका मनकारी छौ । हामीलाई देशमा काठमाडौ , पोखरा , धरान , बिराटनगर , हेटौंडा , नारायणगढ , इटहरी , बुटवल र भैरहवा जस्ता शहर र तुलनात्मक सम्पन्न जनताहरुको बसोबास स्थल हो भन्ने पनि थाहा छ ।

सङ्गसङ्गै देशमा कालिकोट , रोल्पा , रुकुम , डोल्पा , मुगु जस्ता पिछडिएको अर्को भुगाग पनि छ भन्ने कुरा राज्यका शासकहरुलाई थाहा नभए पनि हामी जनतालाई थाहा छ । हामीलाई चिन्ता हाम्रो मात्रै होइन सरकार ती दुरदराजका चिथोरिएका जनताको हो । पिछडिएका जनताहरुको हो । क्षमता हुने र ऋणपान गर्न सक्नेले सरकारको मुख अबश्य पनि ताक्ने छैन आफ्नै खर्चमा उपचार गराउनेछ । ऋण धन गरेर पनि जनता उपचार गर्न बाध्य हुनेछ ।

कालिकोट , जुम्ला , मुगु , डोल्पा , रोल्पाका कतिपय ग्रामीण भेगका जनताहरु शिक्षा, चेतना, र आर्थिक अवस्थाले गर्दा सामान्य ज्वरोले थलिएर मृत्युलाई स्वीकार्न बाध्य छन भने कदमकदाचित यो संक्रमण यी दुरदराजका ग्रामीण भेगबाट देखियो कति भयावह होला ?? इटलीको भयाबह अबस्थाले के हामीलाई जगाउदैन ?? के हामीलाई सताउदैन ?? सरकारी स्तरमा हुने लापरबाही , गैरजिम्मेवार र अदुरदर्शिताले निम्त्याएको भयावहको तस्बिर इरान र इटलीकोको झै हाम्रोमा पनि नहोला भन्न सकिन्न ।

परिस्थिति नियन्त्रण बाहिर हुनु अगाबै आम जनताको सहयोगी भुमिका पनि त्यति नै महत्त्वपूर्ण छ । हामी जनता पनि त्यतिकै सजग , संयमित , सहयोगी र जिम्मेवार नहुने हो भने सरकारले जति नै तयारी गरेपनि परिस्थिति नियन्त्रण बाहिर जानेछ ।
एक नारायण पौडेल
भमनपा वाड न १३ चितवन