गायिका सम्झना भण्डारीको आवाजमा ”परदेशीको अधेरो संसार ” भिडियो सहित ।

नेपाली लोक दोहोरी गीत संगीतको बजारमा वियोगान्त बास्तविक भोगाईमा आधारित गीत संगीतहरु कम मात्रामा आइरहेको अवस्थामा गायक अर्जुन पन्त र गायिका सम्झना भण्डारीको आवाजमा रहेको ”परदेशीको अधेरो संसार ” गीतको भिडियो बजारमा सार्वजनिक भएको छ ।

परिवारको सुखको लागी परदेशमा धन कमाउने सपना बोकेर विदेशी भुमीमा पसिना बगाउने श्रीमान र स्वदेशमा आफना बालबच्चाको स्यार सुसारमा तलिन नेपाली नारीको भोगाईलाई गीतमा समेटिएको छ । अर्जुन पन्तको शब्द तथा उमा खड्का र अर्जुन पन्तको लय सिर्जना गीतमा रहेको छ । शुशिल डाँगीको छायाँकन , निशान एस केको सम्पादन तथा निर्देशन भिडियोमा रहेको छ । ”परदेशीको अधेरो संसार ” गीतको भिडियोमा अर्जुन , अनिसा , कविता , श्रेया र दिपकको अभिनय रहेको छ ।

”परदेशीको अधेरो संसार ” गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।