‘केरा काँचो काँचो’को भिडियो सार्वजनिक

काठमाडौं : इनाक्षी इन्टरटेन्मेन्टको प्रस्तुतिमा गायक तथा हास्य कलाकार उज्ज्वल गिरिको स्वरमा सजिएको गीत ‘केरा काँचो काँचो’को भिडियो सार्वजनिक भएको छ । उज्ज्वल गिरी कै शब्द, नन्दु परियारको संगीत तथा पवन परियारको संगीत संयोजन रहेको गीतको भिडियो इनाक्षी इन्टरटेन्मेन्टको अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो ।

रोमान्टिक डान्सिङ फ्लेवरको गीतको भिडियो पनि उत्तिकै सुन्दर बनेको छ । गीतको भिडियोमा यान्सु श्रेष्ठ, समुन्द्र वाग्ले र उज्ज्वल गिरी फिचर्ड छन । भिडियोलाई निर्देशक क्रान्ति केशीले निर्देशन गरेका हुन ।

अजय रेग्मिले छायाँकन गरेको भिडियोलाई निर्देशक क्रान्ति केशीले नै सम्पादन गरेका छन ।

गीत आँफैमा सुमधुर र त्यसमाथि भिडियो पनि झन उत्कृष्ट बनेकोले दर्शकहरुले मन पराउनेमा आफुहरु ढुक्क रहेको इनाक्षी इन्टरटेन्मेन्टका राम कंडेलले जानकारी दिए । पछील्लो समयमा इनाक्षी मार्फत उत्कृष्ट गीतहरु सार्वजनिक भैरहेका छन । भिडियो हेर्नुहोस् :