कलाकार स्वस्तिका लामिछानेको रंगशालालाई सहयोग

कलाकार स्वस्तिका लामिछानेको नेतृत्वमा चितवनमा बन्दै गरेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका लागी ४२ हजार ९ सय ५० रुपैंया सहयोग गरिएको छ । विश्वका बिभिन्न देशमा छरिएर रहेको नेपालीहरुले पठाएको रकम कलाकार स्वस्तिकाले धुर्मुस सुन्तली फाउण्डेसनका अध्यक्ष सिताराम कट्टेल (धुर्मुस)लाई हस्तान्तरण गरिन् ।

स्वस्तिकाले केहिदिन अघि निर्माणाधिन रंगशालामै पुगेर रकम हस्तान्तरणसँगै अवलोकन गरेकी थिइन् । मैले पनि आफ्नो तर्फबाट केहि गर्न सक्ने सहयोग गरेँ । साथै बिभिन्न ठाउँबाट सहयोग रकम पठाउनुहुने सम्पूर्णमा धन्यवाद दिन चाहान्छु । स्वस्तिकाले भनिन् । रकम बुझेपछि धुर्मुसले सहयोग गर्ने सबैलाई रंगशाला निर्माणमा जोडिनुभएकोमा धन्यवाद ब्यक्त गरे ।

कलाकार स्वस्तिका लामिछाने केहि चलचित्र, टेलिसिरियलमा काम गरेकी छिन् । उनले केहिसमय अघिसम्म नेपाल टेलिभिजनमा प्रसारण हुने ब्रेक फेलमा मुख्य कलाकार भएर काम गरेकी थिइन् । साथै चर्चित चलचित्र वडा नम्बर ६, छक्का पन्जा मा पनि अभिनय गरिसकेकी थिइन् । यस्तै आउँदो चलचित्र लक्का जवानमा पनि उनको अभिनय देख्न पाइनेछ ।

कलाकार स्वस्तिका लामिछानेले हस्तान्तरण गरेको रकम निम्न सहयोगीदाताहरुबाट पठाइयो ।

मार्फत USA को ,Maryland मा बसोवास गरनुहुने
इश्वरी पौडेल USA रु १६,७४९
विजय ढकाल USA रु ११,१६६
रमेश (भारत) हाल USA रु ५,५८३
दिनेश पुन USA रु ७,८१६
स्वयम्भु स्थानीय मार्फत रु १,६३६
कुल रकम रु ४२,९५०