विश्वका होचा खगेन्द्रको निधन, बिहे गर्ने कुरा हुँदै गर्दा मनिपालमा यस्तो घटना भयो (भिडियो)

होचा व्यक्तिको रुपमा विश्व कीर्तिमान राखेका खगेन्द्र थापा मगरको निधन भएको छ । खगेन्द्रको शुक्रवार दिउसो मणिपाल अस्पताल पोखरामा निधन भएको हो । स्वास्थ्यमा एकाएक समस्या आएपछि उनलाई बिहीबार मात्र अस्पतालमा भर्ना गरिएको थियो । मणिपाल अस्पतालको सघन उपचारकक्ष आइसियुमा भर्ना भएका थापा मगरलाई शुक्रवार दिउँसो करिव ३ बजे चिकित्सकको टोलीले मृत घोषणा गरेको खगेन्द्र थापा मगर प्रतिष्ठानका अध्यक्ष मीनबहादुर राना मगरले बताउनुभयो । बाग्लुङ धुल्लुबाँस्कोट ६ का खगेन्द्र थापा मगरले २०६७ असोज २८ मा विश्वकै होचा व्यक्तिको रुपमा ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’ मा नाम लेखाएका थिए । उनको उचाई जम्मा ५७ सेन्टिमिटर अर्थात २२ दशमलव ०४ इन्च रहेको थियो ।