आस्थाले फेसबुकबाट हटाएको भिडियो भेटीयो !

गायिका आस्था राउत बुधबार यता चर्चामा छिन् । बुधवार दिउँसो कार्यक्रममा झापाको भद्रपुर जाँदा त्रिभुवन विमानस्थलमा एक महिला प्रहरीले दुव्र्यवहार गरेको भन्दै भिडियोमार्फत आक्रोश पोखे यता उनी चर्चामा छिन् ।

प्रहरीले उनलाई ‘तँ’ भनेर बोलाएको, दुव्र्यवहार गरेको भन्दै उनले लाइभ भिडियोमा आक्रोश पोखेकी थिइन् । आस्था भद्रपुर हुदै सिक्किममा आयोजना गरिएको कार्यक्रममा सहभागी हुन जादै थिइन् । राउतले भनेकी छिन्, ‘अनि त्यो पुलिस डन्ठिनीहरु, त्यो सिपाही प्युसी प्युपीहरु । तिमीहरुको बोल्ने ढंग छैन ?’

आस्थाको भिडियो केही समयमै भाइरल भएको थियो । भिडियो भाइरल भएपछि गायिका राउतले प्रयोग गरेका शव्दप्रति माफी मागेकी छिन् । फेसबुकमा उनले लेखेकी छिन्, ‘रिसको आवेगमा बेद पढिँदैन। मलाई पनि त्यस्तै भयो। इनएप्रोप्राइट वर्डर्सका लागि क्षमा चाहन्छु ।’