कास्कीको सरकारी स्कूललाई भक्तपुरको माेडर्नकाे सहयोग

माेडर्न स्कुल र कलेज, भक्तपुरले कास्कीको मादी गाउँपालिका-२, ताङतिङस्थित हिमालय मिलन माध्यमिक विद्यालयको लाइब्रेरीका लागि ३०० वटा किताब, कक्षा १ देखि ५ सम्मका विद्यार्थीहरूलाई टाेपी, कापीकलम पाैष २५ गते सहयोग स्वरूप उपहार प्रदान गरेको छ ।

याे पवित्र कार्यप्रति माेडर्न स्कूल र कलेजलाई धन्यवाद व्यक्त गर्दै हिमालय मिलन माध्यमिक विद्यालयका प्रधानाध्यापक ओम प्रकाश गुरूङले मन्तब्य ब्यक्त गर्ने क्रममा यस्ता कार्यले विद्यार्थीहरूलाई हाैसला बढ्ने, सामाजिक कार्यमा मन जाने र कुनै पनि व्यक्ति र संस्थाकाे जन्म समाज र राष्ट्रकाे सेवालाई हाे, सहयोग प्राप्त गर्ने विद्यार्थी र विद्यालयले यसको सहि सदुपयोग गरी देखाउनुपर्ने भन्नेबारे उल्लेख गर्नुभयो ।

माेडर्न स्कूल र कलेजले विद्यार्थीहरूलाई प्रत्येक वर्ष नेपालको विभिन्न पर्यटकीय स्थलमा शैक्षिक भ्रमणकाे रूपमा ट्रेकिङ लाने क्रममा अध्ययन अनुसन्धान गराउने, आन्तरिक पर्यटन प्रवर्द्धनका लागि टेवा दिन प्रयास गर्ने सिलसिलामा त्यसरी गएका स्थानमा रहेका समुदाय र विद्यालयका बिद्यार्थीहरूलाई सक्दाे सहयोग गर्ने नियमित कार्यक्रमकै सिलसिलामा यो सहयोग गरिएको हो ।

यसपालिको याे भ्रमणमा माेडर्नमा अध्ययनरत कक्षा १२ कानुन संकायका विद्यार्थीहरू संलग्न छन् । यी विद्यार्थीहरूले पाैष २६ गते कास्कीको सिक्लेस गाउँका वडा अध्यक्ष सुरज गुरूङ, विद्यार्थी, अभिभावक, शिक्षक र सर्वसाधारणसँग अहिलेको शिक्षा, यससम्बन्धी सरकारी भूमिकाकबारेको बुझाइ, यहाँको शिक्षाको विगत र वर्तमान अवस्था, शिक्षाको आवश्यकता र भावी याेजनासम्बन्धी अध्ययन अनुसन्धान पनि गरिएको बारे माेडर्नका प्रिन्सिपल अनिल कसपालले जानकारी गराउनुभयो ।

यस किसिमका अनुकरणिय र प्रसंशनिय कार्यका लागि माेडर्न स्कूल र कलेजको संपूर्ण टिम धन्यवाद र बधाईको पात्र छ ।