“घुस लिन्या र घुस दिन्या सवै देशका शत्रु हुन्” ।

ईतिहास दुत्कारेर भविष्य बन्दैन। पृथ्वीनारायण क्रूर थिए होलान्,देखेनौ।तर त्यसपछिका परिवर्तनका लडाहरुपनि मुटु काप्ने गरि क्रूर थिए,आखै अगाडी देख्यौं।आजको चेतनाको सुबिधा बोकेर हिजोको मुल्यांकन गर्नु आफैप्रती अन्याय हुन जान्छ।फेरि आलोचना र घृणाले बिगत फेरिने पनि त होईन। यहाँ सर्वस्विकार्य के नै छ र,को नै छ र?नेपाल एकीकरण अभियानका नायक पृथ्वीनारायण शाह र यो अभियानमा बलिदान दिनु हुने सम्पुर्ण वीर वीरङ्गनाहरु अमर रहुन। स्वाभिमानी नेपालीलाई पृथ्वी जयन्तीमा बिदा नभएपनि फरक पर्दैन सरकार, त्यो बिदा मोदी आउदाकालागि साचेर राखे हुन्छ।

आधुनिक अनि नयॉं नेपालको परिकल्पनाकार पथ्वीनारायण शाहाले भनेका थिए— “घुस लिन्या र घुस दिन्या सवै देशका शत्रु हुन्” ।स्वतन्त्र अनि सार्वभौम नेपाल निर्माण गर्ने महापुरुषको सम्मान स्वरुप नेपालले जन्मदिन मात्र मनाएर पुग्दैन् , लोकतान्त्रिक- गणतन्त्रात्मक नेपालको जगका रुपमा सम्मान गरिनुपर्छ । भारतका महात्मा गान्धि, अमेरिकाका जर्ज वासिङ्टन लगायत अन्य , चिनका माओ जेदोङ् , बेलायतका जोन एडम्स लगायत टिम र अन्य देशहरुले आफ्नो देशका परिकल्पनाकारहरुको खुलेर सम्मान गरेका छन् ।यिनिहरुको तुलनामा पृथ्वीनारायण शाहापनि कम थिएनन् । अरुका सालिकलाई ढोग्ने हाम्रालाई भत्काउने कलियुगका अराज बादरहरुको भत्किएको खोपड़ीमा सदबुद्धि आओस् ।फेरी राजाबादीको आरोप नलगाईदिनु होला ।आजको नेपालको कल्पना पृथ्वीनारायण शाहाको योगदान,बलिदान र संघ्रर्ष विना सम्भव पक्कै थिएन् । महान योद्धा , नेपालका परिकल्पनाकार तथा राष्ट्र पिता पृथ्वीनारायण शाहाको जन्मदिनको अवसरमा उहाँको राम्रा विचारको सधै सम्मान गर्नुपर्छ भन्ने सदबुद्धि सवैलाई भगवानले दिउन् । हार्दिक सम्मान , उहाँको जय होस् । जय देश , जय स्वाभिमान

संसारका सबै मुलुक शक्तिको भरमै खडा भएका हुन्।बङ्लादेश,भारत,बेलायत, पाकिस्तान ,जापान, चिन, युरोप, अमेरिकाका सबै मुलुक शक्तिकै भरमा खडा भएका हुन् ! फूलको थुङ्गाले देश निर्माण भएको पक्कै देखेका छैनौ ! राज्य निर्माण गर्न शक्ति अपरिहार्य हुन्छ ! पृथ्वीनारायण शाहले पनि सोही बमोजिम गरे! चिनमा सबैले माओ त्से तुगं‌ भन्दा चेयरमेन माओ भन्छन त मुटुबाट सम्मान साथ भन्छन्
भारतमा महात्मा गान्धी बापु भनेर पुकारीन्छन् अमेरिकामा अब्राहम लिंकन र जोर्ज वाशिंगटन सम्मानित छन्‌ बिस्मार्क जर्मनीमा र पिटर द ग्रेट रुसमा सम्मानित छन्‌ नेपालमा पृथ्वीनारायण शाहले अपमान खेप्नु पर्ने जसले जे सुकै भनोस ‘श्री ५ बडामहाराजधिराज पृथ्वीनारायण शाह’ नेपालका ‘राष्ट्र निर्माता’ थिए, हुन र सधै रहने नै छैन! उनीले नै निर्माण गरिदिएको देशमा बसेर ‘नाङ्गो नॉच’ नॉच्दै उनैले निर्माण गरिदिएको देशलाई ‘उँपिया’ले रगत चुस्दा झै चुस्ने केही ‘परजिवी’हरु भुकेर हाम्रो मन परिवर्तन हुन्न! उनले निर्माण गरेको राष्ट्रमा रजाइँ गर्नेहरुले नसम्झे पनि एउटा सच्चा नेपालीले पृथ्वीनारायण शाहलाई कहिल्यै बिर्सन सक्दैन ! राष्ट्रिय एकता दिवस हाम्रो सम्पदा हो! स्वाभिमान बेचिसकेका हरुका लागि यसको महत्व नहुन सक्छ ! यो अबसरमा नेपालीहरुबीचको एकता अझै मजबुत हुदै जाओस् भन्ने कामना गर्दछु! नेपाल राष्ट्रका जनक, नेपाल निर्माता तथा नेपाली एकताका प्रतीक श्री ५ बडा महाराजधिराज पृथ्वीनारायण शाह देवको २९८ औं जन्म जयन्ती तथा राष्ट्रिय एकता दिवसको शुभ अवसरमा मौसुफ प्रती श्रद्धास्मरण गर्दै हामी नेपाली सम्पुर्णमा परस्पर प्रेम सद्भाव र एकताका निम्ती शुभकामना!!!
#जय_देश_जय_नरेश