गगन थापा : जनवि’रोधी सूचना प्रविधि विधेयक पारित नहोस् भन्न संसदमा ल’ड्नेछौं (भिडियो)

पूर्व स्वास्थ्य मन्त्री एवम् नेपाली कांग्रेसका सांसद गगन थापाले सरकारले ल्याउन लागेको सूचना प्रविधिसम्बन्धी विधेयक रोक्नका लागि साथ दिन आह्वान गरेका छन्। संसदको विकास तथा प्रविधि समितिबाट पास भइसकेको उक्त विधेयक अब संसदमा जाने र संसदमा पनि बहुमतका आधारमा पास हुन सक्ने अवस्था रहेको भन्दै उक्त विधेयक रोक्न प्रतिपक्षी नेपाली कांग्रेसलाई साथ दिन थापाले आह्वान गरेका हुन्।

सोमबार साँझ सामाजिक सञ्जाल ट्वीटर र फेसबुकमार्फत लाइभ गरी थापाले नागरिकको अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित पार्ने गरी ल्याइएको विधेयक पारित भए यसले संविधानकै बैधतामाथि प्रश्न उठाउने आशंका व्यक्त गरे।

नेता थापाले संविधानकै अधिनमा रहेर ल्याइने यस्तो कानूनले उक्त कानुनमाथि मात्रै नभई देशकै मुल कानूनमाथि प्रश्न उठ्ने टिप्पणी गरे।

थापाले यो विधेयकले सामाजिक सञ्जालहरु दर्ताको नाममा बन्द गर्न खोजिएको र सामाजिक सञ्जालमार्फत् अभिव्यक्त गर्ने नागरिकका विचारहरु कुन्ठित गर्न खोजिएको आरोप लगाए।

उनले अहिले सूचना प्रविधि विधेयकमा राखिएका प्राबधानहरु फौजदारी संहितामै राखिएकाले यो नितान्त नागरिकको प्रश्न गर्ने अधिकार खोस्नका लागि ल्याइएको दाबी गरे।
हेर्नुहोस उनले फेसबुक संजालमा प्रस्तुत गरिएको भिडियोमा जे भने :