अशोक दर्जीका सडकका साथिहरुको उद्दार,चिसो भुइँमा रात काट्थे,बिचरा!आँसु झारे (हेर्नुहोस भिडियो)

झापाको दमकमा रहेका सडक बालकहरुको उद्दार गरिएको छ । जाडोमा कठ्याङरिएर बाटो लगायत चिसो भुइँमा सुतिरहेको बिजोक अवस्थामा उद्दार गरिएको हो । दमकमा सडक बालकहरुको संख्या दिनानुदिन बढिरहेको थियो । सडकमा कठिन जीवन बिताइरहेका बालकहरुको धेरै नै चिन्ताजनक अवस्था थियो । केही समय अगाडि सडकमै गित गाएर जीवन बिताइरहेका अशोक दर्जीको जीवन एकाएक परिवर्तन भएपछी उनिसङै हिड्ने गित गाउने हरेक कुरामा अशोकलाई साथ दिने बालकहरुको जीवन परिवर्तन हुन सकेन । संगैको साथिको जिबनमा आएको परिवर्तन हेर्दै हाम्रो जिबनमा पनि अशोककै जस्तो परिवर्तन आउने आशा मनभरी राखेर आँसु खसाल्दै अशोकको बृहत कार्यक्रममा अशोकले गित गाएको हेर्दै खुशी भएका थिए ।

दिन दिनै आफ्नो जिबनमा कोहि आउने र आफुलाइ पनि अशोकलाइ जस्तै माया गर्ने पढाउने र जीवन बदल्ने आशा गर्दै गए । दिनदिनै दुखका दिन बिताउदै आएका अशोकका साथिहरुको बिजोक कहालिलाग्दो नै थियो । पौष माघको जाडोमा चिसो रात काट्न धेरै मुस्किल पर्ने उनिहरुको खाना बस्नको कुनै टुंगो थिएन । पढ्ने कुरा त सोचभन्दा बाहिरकै थियो । भोकभोकै दिन अनि चिसो रात कटाउने अशोकका सडक बालक साथीहरूलाई माया गर्ने कोहि थिएन । सारै नै बिजोक बनेका सडक बालकहरु लाई दमकमा पाँच रुपैयाँको खाना समाजसेवी कुमार राईले बाढ्न थालेपछी केही राहत मिलेको थियो । त्यहा खाना खान उनिहरु दिनमा पाँच पटकसम्म आउने गरेको बताउछन कुमार राई । आफुले तिनै सडक बालकहरु भोकै सुतेको देखेर अनि दुबै मृगौला पिडित शुक्रराज लिम्बुको सहयोगका लागि आफुले अभियान चलाएको बताए ।

दिनै ती सडक बालकहरुले खाना खाएर चिसो भुइँमा सुतेको देखेर कुमार राईले धेरै पटक नगरपालिकामा पहल पनि गरेका थिए । सडकमा दुखको जीवन बिताएका अशोकका साथिहरुलाई आज दमकमा स्थानीय सरकार प्रदेश सरकार र राज्यकै पहलमा करिब पन्ध्र जना सडक बालबालिका लाई उद्दार गरेर काठमाडौ लगिएको छ । उनिहरुलाई पढाइ साथै अन्य सिप सिकाइने र जीवन यापन गर्न सहज हुने बनाउने अनि अठार बर्ष उमेर भएपछी एक सबल नागरिक बनाएर रास्ट्रलाइ नै केही सेवा गर्ने योग्य मानिस बनाउने सम्मका कुराहरु मन्त्रीले बताएका छन । यसैक्रममा मेयर तथा उपमेयरले अब सडकमा कोहि पनि सडक आश्रीत मानव नहुने बताए । अब फेरि अहिले लगिएका बालकहरुलाई फेरि सडकमै देखिने त हैन नि भनेर समीर सुबेदिले सोधेको प्रस्नमा सबैले एकै स्वरमा अब कसैलाई सडकमा देख्न पाइदैन भनेर वचन नै दिएका छन ।

सरकारको यो अति नै सम्मानजनक काम रहेको छ । अब नेपालका हरेक ठाउबाट सडक बालक उद्दार गरिने बताएका छन । हिजो धरानबाट पनि सडक बालबालिकालाई उद्दार गरिएको छ । अशोक दर्जीको जस्तै जीवन नै परिवर्तन हुन्छ भनेर आशै आशम गाडीमा चडेका साना साना बालबालिकाहरुले खुशिका आँसु नै झारेका छन । उनिहरुले एकै स्वरमा अब हामी पढ्ने ठूलो मान्छे बन्ने भनेको सुन्दा कस्को मन रुदैन होला! तलको भिडियोम हेर्नुहोला