“राष्ट्रवादी नेता केपी ओलीहरु नभएर ट्रम्पहरु हुन् की?“

एचबी ताम्राकार , टोकियो

अमेरिकाले शुक्रवार बिहान बगदाद एयरपोर्टमा हवाई हमला गरेको थियो । उक्त ख़तरनाक हमलामा ईरानको कुद्स आर्मीका प्रमुख तथा देशकै दोस्रो ठुलो शक्तिशाली व्यक्तिको रुपमा ठहरिएका कासिम सुलेमानी मारिएका थिए । यो अमेरिकी हवाई हमलाको संसारभरमा धेरै चर्चा भइरहेको छ । अमेरिका र ईरानका बीचमा बढेको तनाव ले पूरा विश्व चिंतित बनेको छ ।कतै विश्व युद्ध त हुने होईन् ? यस्तै यस्तै प्रश्नहरु भिन्न ठाउहरुमा उठिरहेका छन् । इरानको पक्षमा विश्व शक्ति राष्ट्र रुस खड़ा छ ।

उता रुस , चिन , उत्तर कोरियाहरु पहिलेदेखी सम्बन्ध बनाएर बसेका राष्ट्रहरु हुन् । युरोपियन युनियन , मुस्लिम देशहरु, इरान, रुस को समान आवाज़ छ । अमेरिकी आक्रमणको विरोधमा उभ्भिएका राष्ट्रहरुको प्रवाह नगरी अमेरिकाले इरानलाई कडा चेतावनी दिएको छ । इरानले अमेरिकीलाई मार्ने र धेरैलाई नराम्रो चोट पुर्याउने गरेको देखिन्छ ।अमेरिकाको केही खास सम्पत्तिलाई र ठाउहरुलाई निशाना बनाउने कुराको बारेमा साहसपूर्वक कुरा गरिरहेकोप्रति अमेरीकी राष्ट्रपति आक्रामक बनेका हुन् ।

इरानले हालसालै आफ्नो जीवनकालमा मारिएका सबै व्यक्तिको उल्लेख नगर्न सक्छ ।आफ्ना ग़लत कुराहरुको ढाकछोप नगर्न पनि ट्रम्पले सुझाव दिएका छन् ।सयौं ईरानी आन्दोलनकारीहरूले अमेरिकी दूतावासमा हमला गरेको कुरापनि ट्रम्पले उल्लेख गरेका छन् ।इरान अन्य स्थानहरूमा अतिरिक्त हिटहरूको तयारी गर्दै थियो भन्दै ट्रम्पले इरान धेरै वर्षदेखि समस्या बाहेक केही होइन भनेर कड़ा प्रहार इरानमाथी गरेका छन् ।

यो चेतावनीको रूपमा प्रयोग गरौं कि यदि इरानले कुनै अमेरिकी वा अमेरिकी सम्पत्तिमा प्रहार गर्दछ भने हामीले 52 ईरानी साइटहरु लाई लक्षित गरेका छौ भनेर अमेरिकी राष्ट्रपति ट्रम्पले फ़ेसबुक, ट्विटर मार्फत जानकारी गराएका छन् । यो संदेशले अहिले विश्वभर एक किसिमको डर फैलिएको छ ।संयुक्त राज्य अमेरिका पुरै तयारी अवस्थामा रहेकाले जस्तोसुकै आक्रामकको प्रतिकार गर्नेछ् र इरानको अस्तित्व नै नास हुने छ भन्दै ट्रम्पले ख़तरनाक चेतावनी इरानलाई दिएका छन् ।

अब के हुन्छ ? यो समस्या पछिल्लो समय जसरी चर्किएको छ त्यसरी नै खतरापूर्ण हुदै गइरहेको छ ।भारत र पाकिस्तान विच कस्मिरलाई लिएर देस्मनी छ । पाकिस्तानो सम्बन्ध चिनसंग राम्रो छ । उता भारतको सम्बन्ध अमेरिकासंग राम्रो छ ।अमेरीकी आक्रमण इस्लाममाथी हो भन्दै केहि मुस्लिम देशहरु भित्रभित्र खिचड़ी पकाईरहेका छन् । उता रुसले अमेरिकी कदमलाई विरोध गर्नु , युरोपियन युनियन पनि अमेरिका को विरोधमा उभ्भिनु लगायतका घटनाहरुले कतै विश्व युद्ध त सुरु हुने होईन भनेर आशंका गर्ने ठाउहरु प्रसस्तै छन् ।

नेपालको नागरिकको हैसियतले हामी चाहन्छौ विश्वमा सान्ति र प्रगति।गौतम बुद्धको देशको नागरिक भएकाले हुनुपर्छ हाम्रो पहिलो प्राथमिकता सान्ति र प्रगति नै हुने गर्छ ।नेपालको अवस्था आफैमा कमजोर छ ।सहि नेतृत्व नहुदा देश गरिव भयो । विश्वका राष्ट्र छाती फुलाएर चेतावनी दिदा हामी त न धन न शक्ति न त कुनै हैसियत भएका भित्र पर्दैनौ भन्ने लाग्छ ।

जेहोस् , नेपाल भुगोलका आधारमा सानै भएपनि शक्तिशाली र समृद्ध भयो भने विश्व शक्ति राष्ट्को रुपम उभ्भिने छ र लिपुलेक र कालापानी भारतले हाम्रै आखा अगाडी आफ्नो नक्सामा राख्दा ट्रम्प जस्तै एक्सन लिन सकौ । राष्ट्रवादी नेता केपी ओलीहरु नभएर ट्र्म्पहरु जस्ता हुन् की ?