दिउँसै ढोका फोडेर गुण्डा लगाई मान्छे घिसारेपछि…आफूलाई ज्योतिष बताउने अर्जुन क्षेत्रीले (भिडियो)

न्यूज २४ टेलिभिजनको विशेष कार्यक्रम ‘सीधाकुरा जनतासँग’को ४७८ औं एपिसोड कार्यक्रम यस एपिसोडमा पनि विभिन्न विशेष रिपोर्टहरु प्रस्तुत भएको छ ।

निम्न विषयमा रिपोर्टहरु प्रस्तुत गरिएको छ :

१. सरकार र उखु किसानबीच सहमति, आन्दोलन स्थगित

काठमाडौं । आगामी माघ माघ ७ गतेभित्र उखु किसानको बाँकी बक्यौता रकम चिनी उद्योगीले भुक्तानी गर्ने गरी सरकार र उखु किसानबीच सहमति भएको छ ।

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टको उपस्थितिमा भएको पाँच बुँदे सहमतिसँगै किसानले जारी राखेको आन्दोलन स्थगित गरेका छन् । किसानलाई बाँकी बक्यौताका लागि मन्त्रालयले सहजीकरण गर्ने सहमतिमा उल्लेख छ ।

सरकारले अनुदानवापत प्रदान गर्ने रकम तुरुन्त उपलब्ध गराउनका लागि वाणिज्य तथा आपूर्ति मन्त्रालयले कृषि र अर्थ मन्त्रालयमा अनुरोध गरी पठाउने भएको छ ।

२. घर तोडफोड गरी अपहरण गरेको प्रमाण हुँदा पनि उजुरी लिन मान्दैन प्रहरी !

काठमाडौं, १९ पुष । कानूनको पालना गराउने, नागरिकको जिउ–धनको सुरक्षा गर्ने जिम्मा प्रहरीको हो । तर, त्यही प्रहरी पैसा र पहुँचवालाको मात्रै कुरा सुन्ने गरेको सबैले देख्दै र भोग्दै आएका छौं । प्रहरीले आफ्नो काम जिम्मेवारीका साथ नगरेको पनि तपाई हामीले देख्दै आएका छौं ।

त्यति मात्र होइन, यहाँ प्रहरीकै जुनियर अधिकृतलाई दुःख पर्दा पनि प्रहरीका सिनियर अधिकृतहरुले अझ उनीहरुमाथि नै अन्याय गर्दै आएका छन् । प्रहरीको परिवारमा कुनै व्यक्तिबाट आक्रमण हुन्छ । घर–डेरा तोडफोड हुन्छ । आफ्नो छोरालाई घण्टौ बन्दक बनाइन्छ र पीडित प्रहरीको परिवारले न्यायको खोजी गर्दै अनेक निकाय धाउँदा समेत केही सीप चल्दैन ।

आफूमाथि भएको अन्ययको जाहेरी दर्ता गर्न खोज्दा प्रहरीकै परिवारको जाहेरी प्रहरी कार्यालयले नै लिदैन । राष्ट्रिय मानव अधिकार आयोगदेखि सरकारी वकिलको कार्यालयले समेत उजुरी दर्ता गरी अनुसन्धान गर्नु भन्ने पत्र लेख्दा समेत प्रहरी अधिकारीहरुले कुनै टेढ पुच्छर लगाउँदैनन् ।

३. ठेकेदारको लापरवाहीका कारण डोटीको जोरायल गाँउपालिकामा ८ वर्षसम्म पनि पुल बनेन

डोटी, १९ पुष । डोटीको जोरायल गाँउपालिका–४ मा निर्माणाधीन पुलको निर्माण कार्य नसकिँदै भत्किन थालेको छ ।

चन्द्रा एण्ड बसन्त कन्सट्रक्शन कम्पनीले जिम्मा लिएर आईएस कन्सट्रक्शन कम्पनी मार्फत निर्माण भइरहेको उक्त पुलको स्टिमेट अनुसार काम नहुँदा पुलको दुवै मुखमा बनाइएको विङ–वाल भत्किन थालेको हो ।

स्थानीयका अनुसार स्टिमेटमा दुवैतर्फ एप्रोच विङ–वाल २.५ मिटर आसीसी गर्नुपर्ने भएपनि ५० सेन्टिमीटर मात्रै आरसीसी गरी बाँकी मेसिनरी वाल हालिएको छ । साथै पुलको रेलिङ पिल्लरमा १२ एमएमको सरिया हुनु पर्नेमा ८ एमएम र १० एमएमको मात्रै सरिया हालेर ढलान गरिएको छ ।

४. सुत्केरी महिला चिसो छाप्रोमा, ओढ्ने–ओछ्याउने र खाने कुरा केही छैन !

उदयपुर, १९ पुष । उदयपुर कटारी–५ की चमेली तामाङ ९ दिनकी सुत्केरी छिन् । आर्थिक अवस्था ज्यादै न्यून भएकी उनी आफ्नो माइतीमै बस्दै आएकी छिन् ।

पुषको यस्तो चिसोमा सित चुहिने छाप्रोमा बस्दै आएकी छिन् । उनीसँग तातो भात खानका लागि चामल समेत छैन, भने ओड्ने–ओछ्याउने र लगाउने न्यानो कपडा केही पनि छैन । स्रोत : न्युज२४नेपाल