पाँनि बेच्ने पाँडेले हसाएरै लडाएपछी भयो अचम्म,पाँडेको मनै छुने यस्तो छ कहाँनि (हेर्नुहोस भिडियो)

पछिल्लो समय निकै नै चर्चा कमाउन सफल भद्रगोलका पाँडे जसको पहिचान नै अरुभन्दा फरक रहेको छ । मिडिया हबसंग कुरा नमिलेपछी भद्रगोल टोलिले नै अर्को हास्य टेलिशृन्खला सक्कीगोनि तयार पार्यो अहिले सक्किगोनी को जताततै चर्चा छ । सक्किगोनिमा चर्चित पात्र पाँडेको नक्कल जो कोहिले गर्न सक्दैन । अचम्मकै कला भएका अर्जुन घिमिरेको दुरुस्तै नक्कल गर्ने पुर्ब मोरङ पथरिका बिबेक परियार जसले बसमा पानी बेच्ने काम गर्छन ।

पाँडेको दुरुस्तै अभिनय गरेका भएर पुर्बमा उनलाई नक्कली पाँडे भनेर चिनिन्छ । उनले पाँडेको मात्र नभएर धेरै कलाकारहरुको दुरुस्तै अभिनय पनि गर्छन । निकै कलाका धनी बिबेक परियारले गित पनि उस्तै मीठो गाउछन । गित गाउन र अभिनय गर्न अब्बल बिबेक परियारले गाडिमा पानी बेचेको देखेर सबै अचम्ममा पर्ने गर्छन । युवा मान्छेले गाडिमा पानी आयो पानी भनेको देखेर कति धेरैले उनलाई प्रस्न समेत गरेको उनले बताए । काम गर्न नलजाउने बिबेक गाडिमा पनि पाँडेकै स्वरमा पानी बेच्छन ।

पाँडेकै स्वरमा पानी बेच्दा सबै छक्क परेर अझै मज्जाले पानी किन्ने गरेको समेत उनले बताए । घर परिवारको बोझ उनकै काधमा परेको र आफुले घर खर्च भाइ बहिनीको पढाइ आमा बुबाको औसधि गर्ने पैसा समेत पानी बेचेरै चलाइरहेका बताए । निकै गरिब भएकै कारण बिदेश जान समेत पैसा नभएपछी पानी बेचेर जीवन चलाउन बाध्य भएको उनले बताए । पानी बेच्ने नक्कली पाँडेले अभिनय गरेको देखेर मान्छेहरु हास्दा हास्दै लडेपछी यस्तोसम्म भयो तलको भिडियोमा हेर्नुहोला