मन्त्रीलाई झापड हानेर जेल गएका रेग्मी पहिलोपटक मिडियामा,ठाडो चुनौती दिदै गरे मनै रुवाउने यस्तो कुरा,(हेर्नुहोस भिडियो)

नेताहरुको चाकरी र पुच्छर भएर पछि लाग्नेमात्रै नभएर आफुलाइ चित्त नबुझेपछी नेताको गाला पड्किने गरि हान्ने काम पनि जनताबाट हुन थालेको छ । केही समय अगाडी भब्य कार्यक्रममै सबैका अगाडी नेतालाई पड्काएर सबैलाई अचम्ममा परेका इटहरीका देबि प्रसाद रेग्मी अन्ततः जेल नै बस्नुपर्यो ।

इटहरी नगरपालिकामा भइरहेको कार्यक्रममा एमालेका बरिस्ठ नेता झलनाथ खनाललाई गाला पड्काएपछी उनलाई त्यहा उनलाई कुटपिट समेत भएको र त्यसपछि प्रहरी हिरासतमा राखिएको थियो । जेल बसाईपछि पहिलोपटक मिडियामा आएका देबि प्रसाद रेग्मीले जेलमा बिताएका कुराहरु सम्झिदै सबैको मनै रुवाउने कुरा गरेका छन । आफू देश र जनताका लागि मर्नुपरे पनि पछि नहट्ने र काम नगरी भासण मात्र गर्ने नेतालाई अझै नछाड्ने पनि भनेका छन । भावुक हुँदै उनले हाम्रो देश नेपालमा काम कम बोली धेरै गर्ने नेता भए अब हामी सबै नेपाली नउठे देश नै डुब्ने संकेत समेत गरेका छन ।

आफुले नेतालाई झापड हान्दा कुनै पछुतो नभएको र झनै हौसला बढेको बताएका छन । देश र जनताको पक्षमा उभिदा आफूलाई जे भएपनी मतलब नभएको र आफ्नो ज्यान भन्दा नेपालको भुमी प्यारो भएको बताए । अन्तरबार्ताकै क्रममा आखाभरी आँसु पार्दै नेपालको परिस्थितिका बारेमा बडो चिन्ता भएको बताएका छन । नेताहरुले जनतालाई दिएको दुख,बढेको कर सम्झेर आफू सधै चिन्तित रहेको बताए ।

रेग्मीले नेताहरूलाई खुलेरै चेतावनी समेत दिएका छन । देश र जनताका लागि बिकाशका काम नगरे अब जनता चुप लागेर नबस्ने समेत जानकारी दिए । सबैले चाहेको सुन्दर शान्त देश नेपालका जनता अब बुझ्ने भैसकेको र हावा गफ सुन्ने मात्र नभएर जे पनि गर्न सक्छन त्यसैले देश बिकास तर्फ सबैलाई लाग्न आग्रह गर्दै चेतावनी समेत दिए । देबि प्रसाद रेग्मिले आफू मरेपनी आफ्नो देश नेपाल सधै बाचिरहोस भन्दै देशका लागि जे पनि गर्छु भन्दै यस्तोसम्म भनेको सुन्दा कस्को मन रुदैन होला! तलको भिडियोमा हेर्नुहोला