ममताका आफन्तले प्रहरी कार्यालय अगाडी यस्तो गरे ! किन अहिलेसम्म पोष्टमार्टम हुन सकेन ? के गर्दै छ नेपाल प्रहरी

ममताकी बहिनि बबिता शाहि भन्छिन्, दिदिको बिहे भएको ५/६ वर्ष जति भयो, तिन वर्षकी एक छोरी पनि छिन्, मेरी दिदि अहिले २५ वर्षकी भईन्, उनको बिहे भएको यत्तिका समय भएपनि टिकाटालो भने भैसकेको थिएन्, बाबा विदेशमा हुनुहुन्छ, भिनाजुले दिदिलाई घरिघिर टिकाटालोको दवाव दिनुहुन्थ्यो, उनिहरु कहिले काही यहि विषयमा झगडा पनि गर्थे, तर शुक्रबार भिनाजुले कल गरेर जे कुरा सुनाउनुभयो, मैले त्यसलाई विश्वास गर्न सकिन्, म हठाट दिदिको घरमा पुग्दा मैले दिदिको लास देखे तर, श्वास भेट्न सकिन् ।

शाहिले थपिन, म मेरी दिदिले आफै यस्तो कार्य कसरी गर्न सक्छिन भनेर विश्वास गर्न सक्दिन, तर, म अहिले भिनाजुलाई पनि उनले नै यस्तो गरे त भन्दिन, तर उनि माथी आवाश्यक छानविन हुनुपर्छ भन्ने माग गर्दछु, मलाई यो कुरामा पनि आश्चार्य लागिरहेको छ कि, प्रहरीले यहि कुरालाई पनि किन इन्कार गरिरहेको छ । तर, प्रहरीले भने प्रक्रिया नमिलेका कारण जाहेरी नलिएको बताएको छ ।

आफुहरु घरमा दिदि बहिनहिरु मात्र रहेको उल्लेख गर्दै उनले दाईजोको लोभमा दिदिलाई पटक पटक तनाव दिने गरेको पनि उल्लेख बबिताले गरेकी छिन् ।

प्रहरीले मुचुल्का उठाउने बेलामा पनि एक तर्फी उठाएको उनले बताईन् । ममताको मृत्युको खबर गरेका उनका श्रीमान मनिषले भने आफु सुतेको बेला श्रीमतिले आत्महत्या गरेको बताएका बुझिएको छ । बबिता भन्छिन्, उनले आफन्तहरुलाई खबर गर्दा सो कुरा उल्लेख गरेका थिए । तर, भिनाजुको उक्त कुरा विश्वास योग्न नरहेको उनको भनाई छ । मनिष वैदेशिक रोजगारीबाट केहि महिना अगाडी मात्र फर्किएका थिए ।

ममताको न्यायका लागि जिल्ला प्रहरी कार्यालय कास्की अगाडी भेला भएका स्थानियहरुले भने न्याय सम्पादनमा दायाबायाँ नगर्न सचेत गराएका छन् । सो क्रममा प्रहरीसंग थेलमथेल भएको र प्रहरीले ढालाले छेकेर बुट प्रहार गरेको उनिहरुले आरोप लगाएका छन् । मृतक ममताको शव पोष्टमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको शवगृहमा राखिएको छ ।