बिहे गरी अस्ट्रेलिया पठाएकी श्रीमतिबाट फिल्मी शैलीमा धोका, श्रीमानको आत्महत्यापछि श्रीमति प्रहरी खोरमा (भिडियो सहित)

हेटौंडाकी रञ्जना मैनाली ३ वर्षअघि माघ महिनामा अस्ट्रेलिया जाने तयारीमा थिइन् । कागजात बनाउने काम सकिएको थियो । त्यहीँ समयमा घरमा विवाहको कुरा चल्यो, उनी विवाह गर्न राजी भइन् । आमा सिर्जना मैनालीले राम्रै केटा पाइएको बताएपछि चितवनको राप्ती नगरपालिकाका २७ वर्षीय रविकान्त रुवालीसँग विवाह हुने पक्का भयोे । दुवै पक्षले रञ्जना र रविकान्तको बिहे गर्न फागुन ३ गतेको लगन जुराए । २०७४ फागुन ३ गते रञ्जना र रविकान्तको बिहे भयो । बिहेलगत्तै घरपरिवारको सल्लाहमा रञ्जना पढ्नका लागि अस्ट्रेलिया लागिन् ।

अस्ट्रेलिया पुगेपछि रञ्जना र रविकान्तबीच राम्रै कुराकानी भइरहन्थ्यो । पतिपत्नीबीच कुराकानीको क्रम ६ महिनासम्म राम्रैसँग चल्यो । त्यसपछि कुराकानी पातलिँदै गयो । रञ्जनाले रवीकान्तलाई आफू कलेजमा व्यस्त हुने भएकाले कुराकानी गर्न समय नमिल्ने गरेको बताउन थालिन् । रविकान्त पनि चितवनमा मोबाइल र सीसीटीभी क्यामराको पसल चलाउँदै आएकाले व्यस्त हुन थाले । रञ्जना पनि कलेजका कारणले व्यस्त भएको हुनसक्ने रविकान्तले अनुमान गरे । महिनाको अन्तिम–अन्तिमतिर रञ्जनाले पैसा माग्दै फोन गर्थिन् । रविकान्तले महिनैपिच्छे १८ सय अस्ट्रेलियन डलर पठाउँदै आएका थिए । परिवार स्रोतका अनुसार रविकान्तले ३ वर्षको अवधिमा ५० लाख नेपाली रुपैयाँसम्म पठाइसकेका थिए । पत्नी विदेशमा भएपनि रविकान्तको ससुरालीसँग राम्रै सम्बन्ध थियो । सासु–ससुराले आफ्नै छोरासरह माया गर्ने भएकाले रविकान्त निकै खुशी थिए । भदौ महिनामा ससुराको हात भाँचिएपछि रविकान्त हेटौंडा बस्दै आएका थिए । चितवनको पसल रविका भाइले हेर्दै आएका थिए ।

पुरा भिडियो हेरी प्रतिक्रिया दिनुहोस ।