जितपछि घरको भब्य स्वागतमा के भने प्रमोदले यस्तो!,रामको आँसु थामिएन (भिडियो हेर्नुहोस)

भ्वाइस जितेपछी राम पहिलोपटक झापा पुगेका छन राम मात्र नभइ प्रमोद र बिकास लिम्बू झापा बिर्तामोड पुगेका छन । लाखौ प्रस्तिस्पर्धीलाई पछि पार्दै रामले उपादी उचालेका थिए । प्रमोद खरेलले स्टिल गरेर फाइनलसम्म पुर्याएका रामले अन्ततः जितेरै देखाए । सबै नेपालीको साथ पाएका राम भावुक छन । जितपछी रामको जीवन नै परिवर्तन भएको छ । झापामा सामान्य परिवारमा जन्मिएका रामलाई घर व्यबहारले च्यापेपछी वैदेशिक रोजगारीका लागि हिडेका थिए ।

बिर्तामोडमा फर्निचरमा काम गर्नेदेखी मम पसलसम्म गरेका राम बिदेशीने पक्का नै भएपछी काठमाडौ पुगेका थिए । उनका भाइ लक्ष्मणले दाजुको भित्री कला चिनेका थिए । काठमाडौमै भएको बेला एकपल्ट भोइसमा भिड्न कर गरेपछी भाइका लागि अडिसन दिएका रामले अहिले नसोचेको सफलता हात पारेका छन । भोइस अफ नेपाल सिजन दुईको बिजेता बन्न सफल राम लिम्बु आज गृहजिल्ला झापामा आइपुगेका छन । एअरपोर्ट पुग्ने बित्तिकै धेरै संख्यामा उपस्थित उनका समर्थक तथा आफन्तले गरेको स्वागतमा राम लिम्बुले भावुक हुँदै आँसु नै खसाले । झापा बिर्तामोड निवासी राम लिम्बू पछिल्लो समय एकपछी अर्को राम्रो प्रस्तुती दिएर लोकप्रीय बनेका थिए ।

हरेक हप्ता निकै राम्रो गाउने रामलाई कोचले समेत खुलेरै तारिफ गर्ने गरेका थिए । मीठो स्वर र गायकीले सुरुदेखि नै रामलाई उपादी जित्ने दाबेदार मानिएको थियो । धेरै राम्रो गाउने रामले प्रत्येक हप्ता सबैलाई चकित पार्दै आएका थिए । जितपछी रामले अहिले देश तथा बिदेशमा तहल्का नै पिटिरहेका छन । झापा भद्रपुरको बिमानस्थलमा पुग्नेबित्तिकै सबै मान्छेले एकै स्वरमा राम राम राम भन्ने आवाज आइरहेको थियो । आज उनि आफ्नो गृहजिल्लामा पुगेपछि हजारौं संख्यामा मान्छेको भिड थियो । एअरपोर्टमा उर्लिएको जनसागर र त्यहाँ गरिएको भब्य स्वागत देखेर रामले भावुक हुँदै आँसु नै झारेका थिए । बिर्तामोडमा स्वागतकै क्रममा प्रमोदले यस्तो भन्दा रामले आँसु थाम्न सकेनन तलको भिडियोमा हेर्नुहोला