गायक लक्ष्मी निर्मल कोइरालाको स्वरमा नयाँ गीत ‘भमराले फूललाई’ आजबाट सार्वजनिक भएको छ । गायनमा सम्भावना बोकेका गायक कोइराला र मेलिना राईको स्वरमा रहेको गीत ‘भमराले फूललाई’ ले गीतसंगीत क्षेत्रमा नयाँपन दिने आशा गरिएको छ । महेश खड्काको संगीत र सुशील पुन विरहीको शब्दमा रहेको गीत ‘भमराले फूललाई’मा महाराज थापाको संगीत संयोजन रहेको छ ।
गायक लक्ष्मी निर्मल कोइरालाको यसअघि पनि हिमाल सागरको शब्द, संगीतमा ‘मायाको मिटर’ बजारमा ल्याइसकेका छन् । मिनाक्षी कोइरालाको निर्देशन रहेको यस गीतको म्यूजिक भिडियोमा शिवराम श्रेष्ठको छायाँकन रहेको छ । माधव बेलबासेको सम्पादन रहेको यस गीतको म्यूजिक भिडियोमा अभेष बज्राचार्यले ड्रोन चलाएका छन् । भिडियोमा नायिका नीता ढुंगानाको साथमा रञ्जित र बेबोको अभिनय रहेको छ । यस गीतको म्यूजिक भिडियोलाई संगीतकार महेश खड्काको यूट्यूब च्यानलबाट सार्वजनिक गरिएको छ ।
![](https://i0.wp.com/www.scotnepal.com/wp-content/uploads/2019/12/MUSIC.png?resize=1440%2C720&ssl=1)