पोखराका रोहित गिरी यसरी बने सर्पको साथी, यसरी सजिलै समात्छन् डरलाग्दा सर्पहरु

पोखराको छोरेपाटनका २१ वर्षका रोहित गिरी, पछिल्लो केहि वर्ष देखि सर्प रेस्क्यु गर्दै आईरहेका छन् । सुरुमा अरुले सर्पलाई मार्दा रोहितलाई माया लाग्थ्यो, सर्पको मायाले उनले सर्पहरुको रेस्क्यु गर्न थाले ।

सुरुमा उनलाई सर्पको माया लागेपछि रेस्क्यु गर्दा डर पनि लाग्थ्यो । राहित भन्छन् – अहिलेपनि अधिकांशलाई सबै सर्प विषालु हुन् टोक्ने वित्तिकै मान्छे मर्छन् भन्ने भ्रम छ तर सबै सर्प विषालु हुदैनन् । रोहितलाई सुरुमा सर्पहरु समात्दै गर्दा घरमा पनि गाली गर्नुभयो, यस्तो नगर्न भन्नुभयो तर उनले सर्पको रेस्क्यु गरिरहे ।

सुरुमा उनले सिमीको झ्यालमा रहेको हरेउ समातेका थिए । जुन विषालु सर्प हो । अहिले सहरमा सर्प देख्नासाथ धेरैले रोहितलाई बोलाउछन् । सर्प भनेको अरु प्राणी जस्तै हो, यसले पारिस्थितिक प्रणालीमा मुख्य भुमिका खेल्छ । सर्पको विषबाट विभिन्न रोगको औषधि बनाउने गरिएको छ । सर्प देखेर नडराउनुहोस । सर्पलाई जिस्क्याउने गरेमात्र टोक्छ । टोके पनि आत्तीनु पर्दैन तुरुन्त अस्पताल गए सन्चो हुन्छ ।

रोहित फोटोग्राफर पनि हुन् । उनको सोच भविश्यमा सर्प भ्यागुताको बारेमा अध्ययन गर्ने छ । समाजमा सर्पको बारेमा बुझाउने, सर्पको बारेमा बुझ्न चाहानेहरुको लागि सेन्चुरी खोल्ने उनको सोच रहेको छ ।