पाथिभरामाताले सबैको कल्याण गरुँन ! मंसिर २६ गते बिहिबारको राशिफल

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद) सम्पर्क नं +९७७– ९८४२२१९७३५ आजको राशिफल

आजको राशिफल बि.सं. २०७६ साल मंसिर २६ गते बिहिबार ई. सं. २०१९ डिसेम्बर १२, परिधावी नामक संवत्सर, सूर्य दक्षिणायन, हेमन्त ऋतु, मार्गशिर्ष शुक्लपक्ष पूर्णीमा तिथी, रोहीणी नक्षत्र बिहान ७ बजेर २० मिनेट सम्म त्यसपछि मृगाशिरा नक्षत्र, चन्द्रमा वृष राशिमा। साध्य योग, बालव करण। नेपालमा, सूर्योदय बिहान ०६ः४६ बजे, सूर्यास्त साँझ ०५ः०८ बजे हुनेछ। आज जन्म लिने बच्चाको राशि वृष हुन्छ। आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा दही खाएर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ। यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँअनुसार तिथि, नक्षत्र ईत्यादीमा पनि समय अन्तर हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – सहयोगीहरूले काममा साथ दिनेछन् । राम्रै फाइदाको योग छ । विगतको श्रमबाट प्रशस्त धन लाभ हुनेछ । रोकिएका काम सम्पादन हुनेछन् । पठन–पाठनमा प्रगति हुनेछ । विशेष सभा–समारोहमा सहभागी बन्ने मौका छ । प्रतियोगितात्मक क्रियाकलापमा सफल हुनुहुने छ । व्यवसायिक क्षेत्रबाट राम्रै लाभ प्राप्त हुनेछ । आम्दानीका नयाँनयाँ मार्ग पत्ता लाग्नेछन। पारिवारिक सुख मिल्नेछ। सामाजिक क्षेत्रबाट सम्मानित हुने अवसर पाइने छ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –प्रतिष्ठित काम गर्ने मौका छ । आत्म–विश्वास बढ्नेछ । विशिष्ट व्यक्तित्वसँग भेटघाट हुनेछ । पारिवारिक जमघटमा मन रमाउनेछ । मन पर्ने वस्त्र, अलङ्कार आदि उपहार पाइने योग छ । स्वादिष्ट भोजनको आनन्द समेत पाइएला । बन्दव्यापारबाट लाभ मिल्नेछ । फुर्सद नमिले पनि राम्रो नतिजा हात पर्नेछ । आर्थिक अवस्थामा दृढता आउने छ । कृषि तथा कृषिजन्य व्यवसायमा संलग्नहरूका लागि यथेष्ट लाभ लिन सकिने समय छ । सामाजिक र पारिवारिक सम्बन्ध सुदृढ हुनेछ । दिन रमाइलो गरी बित्नेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) – उदयकालको चन्द्रमा बाह्रौं भावमा रहेकाले साँझसम्म विभिन्न समस्याले मन रुमल्लिनेछ । मन त्यसैत्यसै उत्ताउलो र चञ्चल बन्नसक्छ । दुःखसुख, आयव्यय, सफलता–असफलता उस्तैउस्तै होला । त्यसपछि शरीरमा उत्साह देखिन सक्छ । अपराह्नपछि आफ्नै घरमा चन्द्रमाको प्रवेश भए पनि शुभफल पाउन संघर्ष नै गर्नुपर्छ । साँझपख रमाइलोपन र विलासितातर्फ मन आकर्षित हुनेछ । परपाहुनाको स्वागत सत्कार गर्नुपर्छ । प्रतिस्पर्र्धी र शत्रुहरुले उकास्न सक्छन । व्यापारसमेत कमजोर नै रहने छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) – पठनपाठन र प्राज्ञिक क्षेत्रबाट लाभ लिन सकिने छ । इष्टमित्रले प्रदान गरेको सल्लाहलाई पालना गर्दा फाइदा हुने योग छ । देवालय मठ मन्दिर आदिको भ्रमण र दर्शन हुनेछ । विश्वासको वातावरण बन्नेछ । निर्णयात्मक शक्ति बढ्नेछ । घरायसी वातावरणमा सुधार आउने छ, रमाइलो पारिवारिक जमघट हुनसक्छ । सामाजिक तथा साँस्कृतिक कार्यक्रममा संलग्न हुनुपर्नेछ । विशेष ज्ञानको उदय हुनेछ, कर्मप्रति इमानदार र लगनशील भइने छ । दैनिक कामकाजको चाप बढ्न सक्छ । शत्रुहरू पराजित हुनेछन।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) – घरायसी सम्बन्ध सुमधुर रहने छ । मातापिता र अभिभावकवर्गको सहानुभूति र आशीर्वाद प्राप्त हुनेछ । कर्मचारीले हाकिमलाई खुसी पार्न सक्छन् । ठूलाबडाको सहयोग र सल्लाहले राम्रो फाइदा लिन सकिने छ । सन्तानपक्षबाट सन्तुष्टि मिल्नेछ । व्यापार÷व्यवसायमा सोचेजति लाभ पाइने छ । आफ्नो क्षेत्रमा साख रहनेछ । धार्मिक÷सामाजिक र सांस्कृतिक क्रियाकलापमा सक्रिय भइनेछ । गरेका काममा सफलता पाइने छ । चिन्तनमूलक र बौद्धिक काममा समय निकाल्न सकिंदैन, तर श्रममूलक काममा फाइदा लिन सकिने छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) – आज तपाईको भाग्यमा चन्द्रमा छ, आर्थिक काममा खटिनु पर्ने योग छ । परोपकार र धार्मिक क्षेत्रमा लगानी बढ्ने छ । कल्याणको काम र जनहीतका लागि समय र धनको उपयोग गरिने छ । बौद्धिक र प्राज्ञिक उन्नयनका लागि गरिएको प्रयास सफल हुनेछ । आर्थिक पक्ष बलियो देखिन्छ । स्वास्थ्यमा सुधार आउने छ । व्यापार र कामधन्धाका क्षेत्रमा खट्ने समय आएको छ । लामो दूरीको यात्राका लागि अनुकूल समय छ । दिनभरि लाभमूलक परिणाम प्राप्त हुनेछ । दाम्पत्यसुख, प्रेमसम्बन्ध तथा पारिवारिक स्थितिमा शुभफल देखिन्छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) – आठौं चन्द्रमाका बाबजुद शुभग्रहको दृष्टि परेको दिन छ, तथापि व्यक्तिगत स्वास्थ्य र दुर्घटनाप्रति सचेत रहनु पर्छ । बाटो काट्दा वा सवारी साधनमा यात्रा गर्दा होस गरको जाति हुन्छ । हाकिम, मातापिता वा विशिष्ट व्यक्तिको सल्लाहबाट फाइदा हुने देखिन्छ । परदेश वा विदेशमा रहेका आफन्तजनसँग भेटघाट वा कुराकानी हुनसक्छ । मानप्रतिष्ठा र सामाजिक मर्यादा बढ्ने छ । कडा परिश्रमको प्रयोग गरी सुखद परिणाम हात पर्ने सम्भावना छ । साँझपख परोपकार र धार्मिक क्षेत्रमा मन आकर्षित बन्नेछ । गरेका प्रयासमा सफलता मिल्नेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) – आज बेलुकासम्म दाम्पत्य जीवनमा सकारात्मक सम्बन्ध रहने देखिन्छ । व्यापार व्यवसायबाट राम्रो प्रतिफल प्राप्त हुने छ । गरेका काममा ढिलो भए पनि उपलब्धीमूलक सफलता मिल्नेछ । दिनभरि पारिवारिक सम्बन्ध सामान्य रूपले अगाडि वढ्ने छ । भरेराति आठौं भावमा चन्द्रमाको प्रवेश हुने भएकाले व्यवसायिक गतिविधिमा संलग्न हुनु पर्ने हुन्छ, त्यसैले महत्वपूर्ण घरायसी काम साँझ पर्नुअघि नै सिध्याउनु राम्रो हुन्छ । सन्ततिको चिन्ताले सताउन सक्छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) – मानसम्मान र प्रतिष्ठाको प्राप्ति हुनसक्छ । विनियोजन र लगानीले उत्तरोत्तर फाइदा हुनेछ । घरायसी सुखसुविधा बढाउने कुनै महँगो वस्तुको किनमेल गर्न मन लालायित हुनेछ । यात्रा लाभप्रद बन्न सक्छ, धेरै टाढा पनि जानु पर्दैन । आर्थिक समस्या निराकरण गर्ने उपाय पत्ता लाग्नेछ । दिनभरि मन प्रफुल्ल रहनेछ । शान्त र रमाइलो वातावरणको सिर्जना हुनेछ । व्यवहारिक र व्यवसायिक चिन्तनका लागि उपयुक्त समय छ । घरायसी सुखसुविधा र मायाप्रेमका लागि समय निकाल्नु पर्ने देखिन्छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) – भाइबहिनी वा सन्ततिका तर्फबाट खुशीको खबर प्राप्त हुने छ । घरपरिवारबाट सहयोग मिल्नेछ । माया प्रेमको लागि रमाइलो छ । विपरीतलिङ्गीबाट आवश्यक सहयोग मिल्नेछ । पारिवारिक सहयोग बढ्ने छ । आत्मबल बढ्ने बेला छ । ठूलाबडाले सहयोग गर्नेछन् । व्यापार÷व्यवसाय मध्यम रहेको छ । ज्ञान र चिन्तन उपयोगी बन्नसक्छ । बौद्धिक र चिन्तनमूलक क्रियाकलाप दिन बित्नेछ । तर साँझदेखि प्रतिकूल समय सुरु हुनसक्छ । आर्थिक समस्याले सङ्कट उत्पन्न गर्न सक्छ । रिसको कारणले असर पुर्याउने सम्भावना समेत छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) – आज अपराह्नपछि तनाव र निराशाबाट मुक्ति पाउनु हुनेछ, तर दिनको सुरुवातमा चन्द्रमा कमजोर रहेकाले निराशाको अनुभूति हुनेछ । मान्यजनसँग असमझदारी बढ्न सक्छ । सानातिना घरायसी काममा समय व्यतीत गर्नु पर्नेछ । पारिवारिक समस्या देखा पर्न सक्छन् । सम्पत्तिको विवाद छ भने त्यसका बारेमा छलफल हुनसक्छ । छिमेकीको व्यवहारले निराश तुल्याउने छ । प्रतिस्पर्धामा फाइदा हुँदैन । यद्यपि वैदेशिक क्षेत्रमा सन्तोषजनक देखिन्छ । दार्शनिक र बौद्धिक क्षेत्रमा मन जानेछ । सन्ततिपक्षका खुसीका खबर सुन्न पाइने छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) – आजको पराक्रम र प्रसिद्धि कमाउने राम्रो दिन छ । विभिन्न ठाउँको यात्रा हुने समय आएको छ । वैदेशिक व्यापार, कृषिव्यवसाय र नोकरी गर्नेहरूले मानसम्मान र ख्याति कमाउन सक्छन् । परोपकारी र सामाजिक काममा मन जानेछ, नयाँ आशा जाग्नसक्छ, सन्तुष्टिको अनुभूति हुनेछ । दाजुभाइ र बन्धुवान्धवले सकेको सहयोग गर्नेछन् । कुनै कामको नेतृत्व गर्ने अवसर प्राप्त हुनेछ । बेलुका झिनामसिना घरायसी समस्याहरू देखापर्न सक्छन । जीवनसाथीसित विवाद पर्ने सम्भावना छ।