प्रेमको नाटक गरेर युबकले लाखौ ठगेपछी प्रेमिका रुदै आइन मिडियामा,यस्तोसम्म गरेका रहेछन (भिडियो सहित)

प्रेमको नाटक गरेर एक युबतिलाई काठमाडौका एक युवकले लाखौ रकम ठगेका छन । सबिन श्रेष्ठ नाम गरेका युबकले लाखौं रुपैयाँ पटक पटक गरेर लगेका मात्र हैनन मोरङ बेलबारीकि दिक्ष्या चौधरी नाम गरेकी एक युवतीलाई मायाको नाटक गरेर सुन चादि लगायतका लाखौ धन सम्पत्ति कुम्ल्याएका छन । गरिब परिवारकि दिक्ष्यालाई पटक पटक माया गर्छु मन पराउछु भनेर बिश्वास दिलाएपछी उनिहरुको बिबाह गर्नेसम्म कुरो पुगिसकेको बताउछिन ती युवती ।

बिबाह बन्धनमा बाधिने भनेर परिवारसम्म नै कुरा पुगेको थियो । बिहे नै गर्नेसम्मको कुरा भएपछि ढुक्क परेकी युबतीलाइ कहिले बाइक बिग्रीयो कहिले बिरामी भए भन्दै बारम्बार पैसा मागेपछि युबतिले पैसा पठाउदै गएकी थिइन । त्यसैक्रममा ती युबतीका भाइ र भिनाजुलाई पनि बिदेश पठाइदिन्छु भन्दै करिब सात लाख रुपैयाँ लगेको रहेछ । अहिले सम्पर्क बिहिन भएको बताउछिन ।

बेलबारीका एकजना समाजसेवी लिम्बू दाइका अनुसार घरमा कोहि नभएका छोरिको यो हालत भएको देख्दा आमाबाबु र छोरिको रुदारुदै दिन रात बित्छ । सधै मलाई बैनिले अब म आत्महत्या गर्छु दाइ भनेपछी आफ्नै बैनी जस्तै लागेर मैले साथ दिइरहेको बताए । हरेक पटक युबतीले पठाएको भौचर रसिद समेत देखाउदै उनले आँसु थाम्न सकिनन । डाको छाडेर रुदै उनले सुरुदेखी अहिलेसम्मको सम्पुर्ण नालीबेली यसरी बताइन तलको भिडियोमा हेर्नुहोला