पाथिभरामाताले सबैको कल्याण गरुँन ! मंसिर २४ गते मंगलबारको राशिफल

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद) सम्पर्क नं +९७७– ९८४२२१९७३५ आजको राशिफल

आजको राशिफल बि.सं. २०७६ साल मंसिर २४ गते मंगलबार ई. सं. २०१९ डिसेम्बर १०, परिधावी नामक संवत्सर, सूर्य दक्षिणायन, हेमन्त ऋतु, मार्गशिर्ष शुक्लपक्ष त्रयोदशी तिथी, कृतीका, चन्द्रमा मध्यान्ह ११ बजेर ३८ मिनेट सम्म मेष राशीमा र त्यसपछि वृष राशिमा स्थानान्तरण हुनेछन। । शिव योग, गर करण। नेपालमा, सूर्योदय बिहान ०६ः४५ बजे, सूर्यास्त साँझ ०५ः०७ बजे हुनेछ। आज जन्म लिने बच्चाको राशि मध्यान्ह ११ बजेर ३८ मिनेट सम्म मेष र त्यसपछि वृष हुन्छ। आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा सक्खर खाएर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ। यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँअनुसार तिथि, नक्षत्र ईत्यादीमा पनि समय अन्तर हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – विशिष्ट व्यक्तित्वसँग भेटघाट हुनेछ । पारिवारिक जमघटमा मन रमाउनेछ । मन पर्ने वस्त्र, अलङ्कार आदि उपहार पाइने योग छ । स्वादिष्ट भोजनको आनन्द समेत पाइएला । बन्दव्यापारबाट लाभ मिल्नेछ । फुर्सद नमिले पनि राम्रो नतिजा हात पर्नेछ । आर्थिक अवस्थामा दृढता आउने छ । कृषि तथा कृषिजन्य व्यवसायमा संलग्नहरूका लागि यथेष्ट लाभ लिन सकिने समय छ । सामाजिक र पारिवारिक सम्बन्ध सुदृढ हुनेछ । दिन रमाइलो गरी बित्नेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –बिहान बाह्रौं भावमा रहेको चन्द्रमाका कारण दिनभरि विभिन्न समस्या झेल्ने समय छ । मन त्यसैत्यसै उत्ताउलो र चञ्चल बन्नसक्छ । मूल रूपमा आज दुःखसुख, आयव्यय, सफलता–असफलता उस्तैउस्तै होला । अपराह्नपछि आफ्नै घरमा चन्द्रमाको प्रवेश भए पनि शुभफल पाउन संघर्ष नै गर्नुपर्छ । साँझपख रमाइलोपन र विलासितातर्फ मन आकर्षित हुनेछ । परपाहुनाको स्वागत सत्कार गर्नुपर्छ । प्रतिस्पर्धी र शत्रुले उकास्न सक्छन।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –छात्रछात्राको पठनपाठनमा ध्यान केन्द्रित हुन सक्दैन, त्यसैले गुरु र मान्यजनको सल्लाह र सुझावलाई पालना गर्नु मुनासिब हुने देखिन्छ । गृहिणीहरूले आज देवालय, मठमन्दिर वा कुनै बृद्ध नातेदारको दर्शन पाउनु हुनेछ । आमव्यक्तिका लागि विश्वासको वातावरण बन्नेछ, निर्णयात्मक शक्ति बढ्नेछ । घरायसी वातावरणमा सुधार आउने छ, रमाइलो पारिवारिक जमघट हुनसक्छ । सामाजिक तथा साँस्कृतिक कार्यक्रममा संलग्न हुनुपर्नेछ । विशेष ज्ञानको उदय हुनेछ, कर्मप्रति इमानदार र लगनशील भइने छ । दैनिक कामकाजको चाप बढ्न सक्छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –घरायसी सम्बन्ध सुमधुर रहने छ । मातापिता र मान्यजनको सहानुभूति र आशीर्वाद प्राप्त हुनेछ । कर्मचारीले हाकिमलाई खुसी पार्ने र काम बनाउने दिन हो । अरुले पनि आज ठूलाबडाको सहयोग पाउने दिन छ । सन्तानपक्षबाट सन्तुष्टि मिल्नेछ । व्यापाररव्यवसायमा सोचेजति लाभ पाइने छ । आफ्नो क्षेत्रमा साख रहनेछ । धार्मिकरसामाजिक र सांस्कृतिक क्रियाकलापमा सक्रिय भइनेछ । गरेका काममा सफलता पाइने छ । छात्रछात्राले चिन्तनमूलक र बौद्धिक काममा समय निकाल्न सक्दैनन तर प्रतिस्पद्र्धा र प्रतियोगितामा सफल हुने दिन छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –अभिभावक वा मातापिताको आशीर्वाद लिन सके आज कुनै महत्त्वपूर्ण काम बन्नसक्छ । ढिलै भए पनि चाहना र मनोकाङ्क्षा पूरा हुने समय आएको छ । प्रयासमा सफलता प्राप्त हुने दिन छ, तर प्रतिस्पर्धी र शत्रुहरुले काम बिगार्ने प्रयास गर्नेछन, सचेत हुनुपर्छ । प्रतिष्ठित व्यक्तिसित सहयोग लिन सकिन्छ । आफन्तजनबाट भन्दा अन्यबाट आवश्यक सहयोग मिल्नेछ । बन्दव्यापार र रोजगारीका क्षेत्रमा कामको चाप बढ्न सक्छ । तर जीवनसाथी र बालबच्चाबाट सहयोग लिने अनुकूलता हुँदैन ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –आठौं चन्द्रमाका बाबजुद शुभग्रहको दृष्टि परेको दिन छ, तथापि व्यक्तिगत स्वास्थ्य र दुर्घटनाप्रति सचेत रहनु पर्छ । बाटो काट्दा वा सवारी साधनमा यात्रा गर्दा होस गरको जाति हुन्छ । अनुभवी र जानकार व्यक्तिको सल्लाहरसुझावलाई अनुसरण गरेको जाति हुन्छ । वैदेशिक क्षेत्रमा राम्रो छ, वा टाढा रहेका आफन्तजनसँग भेटघाट वा कुराकानी हुनसक्छ । मानप्रतिष्ठा र सामाजिक मर्यादा बढ्ने छ । कडा परिश्रमको प्रयोग गरी सुखद परिणाम हात पर्ने सम्भावना छ । साँझपख परोपकार र धार्मिक क्षेत्रमा मन आकर्षित बन्नेछ । रोकिएका प्रशासनिक काम अघि बढ्नेछन ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –आज बेलुकासम्म दाम्पत्य जीवनमा सकारात्मक सम्बन्ध रहने देखिन्छ । व्यापार व्यवसायबाट राम्रो प्रतिफल प्राप्त हुने छ । गरेका काममा ढिलो भए पनि उपलब्धीमूलक सफलता मिल्नेछ । दिनभरि पारिवारिक सम्बन्ध सामान्य रूपले अगाडि वढ्ने छ । अब रामरमाइलो त्यागेर कार्यप्रति सजगताका साथमा खट्ने समय आएको छ । यद्यपि महत्वपूर्ण घरायसी काम साँझ पर्नुअघि नै सिध्याउनु राम्रो हुन्छ । अपराह्नमा आठौं भावमा चन्द्रमाको प्रवेश हुने भएकाले बेलुका घरपरिवारमा असमझदारी बढ्न सक्छ । सन्ततिको चिन्ताले सताउने छ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –मानसम्मान र प्रतिष्ठाको प्राप्ति हुनसक्छ । विनियोजन र लगानीले उत्तरोत्तर फाइदा हुनेछ । घरायसी सुखसुविधा बढाउने कुनै महँगो वस्तुको किनमेल गर्न मन लालायित हुनेछ । यात्रा लाभप्रद बन्न सक्छ, धेरै टाढा पनि जानु पर्दैन । आर्थिक समस्या निराकरण गर्ने उपाय पत्ता लाग्नेछ । दिनभरि मन प्रफुल्ल रहनेछ । शान्त र रमाइलो वातावरणको सिर्जना हुनेछ । छात्रछात्राका लागि व्यवहारिक र व्यवसायिक चिन्तनका लागि उपयुक्त समय छ । घरायसी सुखसुविधा र मायाप्रेमका लागि समय निकाल्नु पर्ने देखिन्छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –आज बुद्धिक्षेत्रमा कमजोर चन्द्रमाको उपस्थिति देखिन्छ । दिनको सुरुवातमा केही समय ज्ञानगुन र बौद्धिकताका क्षेत्रमा मन आकर्षित भए पनि मानसिक चिन्ता र छटपटीले व्याकुल भइने छ । निराशा र वैराग्यका भावनाहरू देखा पर्ने सम्भावना छ, तर विद्यार्थीहरूको बौद्धिक र चिन्तनमूलक काममा नै दिन बित्नेछ । प्रेम तथा प्रणयका क्षेत्रमा राम्रो फल छैन । गृहिणीहरूले पारिवारिक सम्बन्ध वा सन्ततिका विषयमा विवादको स्थिति ब्यहोर्ने दिन हो, परिस्थिति विपक्षमा भएकाले आँफू चुप लागेर बस्नु नै जायज हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –आज अपराह्नपछि तनाव र निराशाबाट मुक्ति पाउनु हुनेछ, तर दिनको सुरुवातमा चन्द्रमा कमजोर रहेकाले एकाबिहानै निराशाको अनुभूति हुनसक्छ, मान्यजनसँग असमझदारी बढ्न सक्छ । गृहिणीहरूले सानातिना घरायसी काममा समय व्यतीत गर्नु पर्नेछ । सन्ततिपक्षका खुसीका खबर सुन्न पाइने छ । व्यवसायीहरूले सम्पत्तिको विवाद छ भने निराकरण गर्ने बाटो खोज्ने अनुकूलता मिल्न सक्छ वा छलफल हुनसक्छ । छात्रछात्राले पढाइलेखाइमा ध्यानकेन्द्रित गर्नु ठीक हुन्छ, प्रतिस्पर्धामा फाइदा हुँदैन । साँझपख पाँचौं चन्द्रमाको प्रभाव सुरु हुन्छ । त्यसपछि दार्शनिक र बौद्धिक क्षेत्रमा मन जानेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –आज पराक्रम र प्रसिद्धि कमाउने राम्रो दिन हो । विभिन्न ठाउँको यात्रा हुने समय आएको छ । वैदेशिक व्यापार, कृषिव्यवसाय र नोकरी गर्नेहरूले मानसम्मान र ख्याति कमाउन सक्छन् । परोपकारी र सामाजिक काममा मन जानेछ, नयाँ आशा जाग्नसक्छ, सन्तुष्टिको अनुभूति हुनेछ । इष्टमित्रले सकेको सहयोग गर्नेछन् । कुनै कामको नेतृत्व गर्ने अवसर प्राप्त हुनेछ । साँझमा चतुर्थ भावमा चन्द्रमाको प्रवेश हुनेछ, त्यसपछि राम्रोरनराम्रो दुबैखाले समाचार सुन्न पाउनु हुनेछ । बेलुका झिनामसिना घरायसी समस्याहरू देखापर्न सक्छन । जीवनसाथीसित ठाकठुक पर्ने सम्भावना छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –मिश्रित प्रभाव भएको दिन छ । वित्तीय पक्षमा राम्रो छ । सभा–समारोहमा सहभागी हुनु पर्ने वा सामाजिक काममा खट्नु पर्ने दिन छ, चियोचर्चो गर्ने र कुरा काट्नेको सङ्ख्या बढने छ, आलोचकहरू बढ्ने सम्भावना छ । उता विश्वासपात्र र सहयोगीले आआफ्ना बाध्यता तेस्र्याएर टाढिने परिस्थिति बन्नेछ । मिहिनेतबाट सोचेजस्तो लाभ नमिल्नाले दिक्क लाग्नेछ यद्यपि रोकिएका छुटपुट काम सम्पादनका लागि समय ठिकै छ । सामाजिक क्षेत्रमा सक्रियता बढ्ने छ, खानपान र मोजमज्जाका लागि खर्च गर्न मन हौसिने छ । घरायसी र पारिवारिक झैझमेलामा केही समय बित्नसक्छ ।