बालिका हुँदा देखि नै गायिकाको परिचय बनाई सकेकी दर्शना महर्जनको स्वरमा अर्को गीत पनि सार्वजनिक

काठमाडौं । बालिका हुँदा देखि नै गायिकाको परिचय बनाई सकेकी दर्शना महर्जनको स्वरमा अर्को गीत पनि सार्वजनिक भएको छ । दर्शनको आफ्नै युट्युव च्यानल दर्शना महर्जन मार्फत भसक्कै बोलको गीतको भिडियो भर्खरै सार्वजनिक भएको हो ।

अहिलेको युवा पुस्तालाई लक्षित गरेर बनाईएको उक्त गीतमा अरुण तिवारीको शब्द तथा बिक्रम थापाको संगीत रहेको छ भने किरण तुलाधरले संगीत संयोजन गरेका छन् । सेलेस्टी तामाङको रोमाञ्चक नृत्य देख्न सकिने भिडियोको छायाँकन देशका विभिन्न रमणीय ठाउँहरुमा गरिएको छ । यसको छायाँकन तथा निर्देशन नरेन्द्र महर्जनले गरेका हुन् ।

बाँकी यो भिडियो हेर्नुहोस् :