गायक मौसम गुरुङ्गको आवाजमा “ उडि सरर ” भिडियो सहित ।

आर पोखरेल , काठमाडौँ ।
नेपाली लोक गीत संगीतमा वियोगान्त गीतहरु कम मात्रमा आइरहेको अवस्थामा झझल्को म्युजिक प्रालीको प्रस्तुतीमा गायक मौसम गुरुङ्ग र गायिका विन्दु सुनारको आवाजमा वियोगान्त भावनात्मक गीत “ उडि सरर ” गीतको भिडियो डिजिटल बजारमा सार्वजनिक भएको छ ।

चेली र माइती विचको प्रेम र स्नेहलाई गीतमा समेटिएको छ । परदेशमा पसिना बगाउदै गरेको माइती र स्वदेशमा रहेको चेली ले महान पर्वमा दाजुभाई नहुदाँको पिडालाई गीतमा समेटिएको छ । दिलिप रेग्मीको शब्द तथा लय सिर्जना गीतमा रहेको छ । परदेशमा कमाउन गएको आफनो भाई जेल परेर बस्दा बाध्यताले चेली ले माइतीलाई टिका लगाउन नपाउदा हुने पिडालाई समेटिएको छ ।

मरुभुमी नारायणको छायाँकन , रोशन धितालको सम्पादन तथा दिलिप रेग्मीको निर्देशन भिडियोमा रहेको छ । “ उडि सरर ” गीतको भिडियोमा दिलिप रेग्मी , अम्बिका रोक्का जिसी , विन्दु सुनार , प्रेरणा वोहरा , सुनिल थापा , अमर बहादुर डंगोल , रुकु विष्ट , मैना सुनार र अपसन सुनारको अभिनय रहेको छ ।
“ उडि सरर ” गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला ।