मान्छे खाने चितुवा मार्नेलाई एक लाख पुरस्कार, मध्यराती जंगल पुग्दा यस्तो देखियो (स्थलगत रिपोर्ट)

पछिल्लो समय तनहुँको भानु नगरपालिकामा नरभक्षी चितुवाको आक्रमण तिब्र बन्दै गएपछि नगरपालिकाले नै एक बाघ एक लाखको पुरस्कार भन्न थालेको छ । मान्छे खाने चितुवा (बाघ)को आक्रामणबाट अहिले समय ६ जनाको ज्यान गएको छ भने ४ जनालाई घाईते बनाएको छ । यो पछिल्लो एक महिनाको अबधीमा मात्र दुई जनाले ज्यान गुमाए भने एक जना १२ बर्षकी बालिका घाईते भईन् । जिल्ला प्रशासन कार्यालय तनहुँले समेत चितुवा मार्ने आदेश दिए पछि उत्साहीत बनेको नगरपालिकाले स्थानीय सिकारीका साथ राती राती पनि प्रहरीको साथ पाउँदा पनि चितुवा मार्न सकेको छैन । चितुवा नियन्त्रणका लागी भएका प्रयासहरु सफल नभएका पनि होईनन् । थापिएको खोरमा समेत चितुवा पर्यो तर पनि मान्छेमाथि आक्रमण गर्ने क्रम रोकिएको छैन । हामी रातको समय भानुको जंगलमा पुग्दा पनि जंगलभरी बाख्रा र रुखभरी बन्दुक बोकेका शुरक्षाकर्मी थिए । हेर्नुहोस् तनहुँको भानुमा चितुवा नियन्त्रणका लागी भएको यो रात्रीकालीन कार्य ।