६ जनाको ज्यान लिएको चितुवालाई पक्रन मध्यरातामा जगल भरी बाख्रा

तनहुँको भानु नगरपालीका पछिल्लो समय नरभक्षी चितुवाको त्रासमा छ । स्थानीयहरु हरेक दिन बाघ (चितुवा)को डरमा बाँचिरहेका छन् ।अघि मात्रामा बन क्षेत्र भएको र बनमा चितुवाले खाने जनावर केही नभएकाले चितुवा घर गाउँ पसेको धेरैले अनुमान लगाएका छन् तर पनि भानु नगरपालिकासंग बाघको संख्या तथ्याङ्कमा छैन ।
दशैको टिकाको दिनमै चितुवाले भानु १ का आशिक बानियाको ज्यान लियो, त्यसको एक हप्तामै १३ बर्षकी सोनिया अच्छामीलाई घाईते बनायो फेरी गोरु तिहारकै दिन भानु २ का सात बर्षिय रितिक रोकालाई घरकै आँगनबाट लग्यो । कक्षा २ मा अध्ययन गर्ने रितिकको शब घर भन्दा केही माथी फेला परेको थियो ।

अन्य घटनामा रगत मात्र खाएको चितुवाले यो पटक भने मासु समेत खाएको स्थानीयले बताएका छन । बारम्बार आक्रमण र ज्यान जान थालेपछि स्थानीयहरुले त्रसित भएका छन यति बेला भने प्रहरीले चितुवाको आउने जानेबाटो अनुमान लगाएर जगल भरी बाख्रा राखेर एम्बुस थापेका छन मध्यरातमा केहुदै छ यो भिडीयो हेर्नुहोला