बुढेसकाल,अवकाश, अमेरिकामा पाईने सुबिधा र यथार्थ

महेश भट्टराई,

Social security benefits and medicare/ Medicaid :

Social security को benefit पाउन Minimum credit require ४० हुनु पर्दछ । करिब १० बर्ष full time चेकमा काम गरेर Tax file गरेमा ४० नम्बर पुग्छ ।
Social security benefit calculation कसरी गरिन्छ ?

उदाहरणको लागि यदि Retirement year yearly income $50000
Early retirement Age 62 – $900
Full Age 67 – $1500
If Age 70 – $2000
Disability – $1100

जुन ssa.gov मा गएर account खोलेर हरेकले हेर्न सकिन्छ ।

SSI : supplemental security Income for those who don’t have 40 credit at 65 years aged or blind, disabled people, low or no income for food, clothing and shelter.उनिहरूको लागि पनि सरकारले केहि सुबिधा दिएको हुन्छ तर निकै न्युन हुन्छ ।

Medicare : medicare.gov
Federal health program जुन 65 years Retirement पछिको Health Insurance हो। यसको लागि पनि कम्तिमा पनि १० बर्ष र ४० क्रेडिट को नियम लागु हुन्छ।
बुढेसकासमा Health Insurance सरकारले फ्रि मा दिन्छ भनेर भ्रममा परेर कोहि नबस्नु होला । दिए पनि नेपालको सरकारी अस्पताल जस्तै सिमित हुनेछ । coverages Insurance र premium हेरेर फरक फरक हुन्छ ।

Part A- hospital insurance
Part B – Medical Insurance
Part D- prescription drug coverage
Medical supplemental Insurance

यदि कुनै work/office बाट health Insurance किनेको रहेछ भने लगातार किन्न सकिन्छ । तर premium धेरै र coverage कम हुने गर्छ । Retire पछिको मासिक आम्दानी र Tax file हेरेर medicare Insurance premium निर्णय गर्दछ। Higher the income higher the premium हुने गर्दछ । Insurance हुदैमा सबै खर्च कभर हुन्छ भन्ने भ्रममा नपर्नु होला ! यसका पनि आफ्नै धेरै limitations, deductible,co-pay छन ।

Medicaid :
Federal and state program यो Retirement पछि Low income हुने हरूको लागि यो प्रोग्रामले ले कभर गर्छ। जसरी आज low income को आधारमा Insurance premium तोकेको छ । सरकारी सुबिधा, Umbrella, coverage, हरू पनि सिमित जस्तै हुन्छ। कति private Dr. Clinic, Nursing home, hospital लिन मान्दैनन । हरेक state अनुसार सुबिधा फरक फरक हुन्छ ।

एक साथीको Back problems भएर औषधि बाट निको भएन । Low Income को Insurance को कारणले राम्रो डाक्टर र अस्पतालको छनोट गर्न पाएन । Spine को अपरेसन गर्यो । तर आज operation बिग्रे पछि Disable भएर जिवन बाचिरहेको छ । Disability भए पछि दिने सुबिधा पनि निकै न्युन हुने भएकाले बाच्न मुश्किल नै पर्दछ ।

Retirement account, 401 k, Life Insurance, Investment Fund, Investment Plan जे सुकै नाम दिए र रकम साचेर राखे पनि आखिर कालले सांचे बाचेर प्रयोग गर्ने करिब १३ बर्ष नै हो ! सानो store, Gas, Resturent वा cash मा काम गर्ने हरूको यहि account पनि नहोला !

USA Life expectancy 80 years हो !

८० बर्ष काटे पछि सग्लो जिवन कति नै रहला र ! लौरो टेकेर घुम्ने रहर कसलाई पो होला र !

त्यसैले Retirement पछिको जिवन पनि तेति सहज छैन ।सुबिधा पाईन्छ भने पनि सरकारी सुबिधाको गुणस्तर सरकारी नै हुनेछ ।
धेरै कमाए premium र खर्च पनि धेरै र थोरै कमाए premium र कभरेज पनि कम हुने गर्दछ ।

मानसिक र शारिरीक रूपले गालि सकेको बुढेसकालमा पैसाले के गर्ने, कहां जाने केहि थाहा हुदैन । छोराछोरी हरू त पक्कै अमेरिकन हुनेछन । धेरै आश राख्नु मुर्खता नै हुनेछ ।

त्यसैले हामीले हरेक दिन भविष्यलाई भन्दै hard work गरिरहेका हुन्छौ । जब कि रिटायर्ड पछि बाच्ने उमेर अन्दाजि १३ बर्ष मात्र बांकि रहन्छ ।

त्यसैले जे गर्नु छ आज नै गर्नुस । अहिले नै गर्नुस ! बर्तमान मै रमाउनुस ।

नेपाल जाने मन छ भने निर्णय उमेर छदै लिनुस ! Retirement पछि स्बस्थ्यता र परिबारको कारणले जाने अबस्था कमै रहन्छ ।
बर्तमानको जनसंख्या र मुल्याकंन गर्ने हो भने करिब १०-१५% ले मात्र पटेकबाट १००% तिरेर Health Insurance किनेका होलान , Retirement account होला अर्थात अफिस, कंपनी वा सरकारी जागिर खाएका होलान । फेरि बुढेसकालको के को आशमा हामी झुन्डिरहेका छौ ?

नेपालको माया मुटु भित्रै राखेर बिदेशी भुमिका मर्ने रहर कम्तिमा हाम्रो पुस्ता कसैलाई पनि छैन !
तर भोलि भोलि गर्दा गर्दै यो दल दल मा retirement को लोभले कुन दिन सास रोकिएर लास हुने हो त्यो पनि थाहा छैन ।

खाडी- अरब, कतार तिर मर्ने हरू त बाकसमा भए पनि लास भएर पनि मातृभुमी त फर्कन्छन ।
तर हामी बिकसित देशमा भएर पनि परदेश मै बिजुलीको एक झड्का मै खरानी हुनेछौ !