भिषण आगोलागी पोखराको न्युरोडमा घटनास्थलमा जे देखियो (भिडियो सहित)

पोखराको न्युरोडमा मंगलबार दिउसो एक मिनी मार्केटमा आगलागी भएको छ । पोखरा न्युरोड स्थित एस मिनी मार्केटमा आगलागी हुदाँ करौंडैको क्षती भएको हो ।

आगलागीबाट मिनी मार्केटका कार्पेट, फोम हाउस, चस्मा पसल, जुस पसल, इलेक्टिकल पसल, कपडा पसल, कस्मेटिक पसल गरि ७ व्यवसायीका २३ वटा सटरमा पुर्ण क्षति भएको कास्कीका प्रहरी प्रमुख एपि दानबहादुर कार्कीले जानकारी दिए ।

उनले पसलमा मुल्यवान सामग्रीहरु भएको भन्दै क्षतीको विवरण नआएको बताए । उनले करौंडैको क्षती भएको हुन सक्ने बताए । पोखरा महानगरपालिकाका ३ वटा दमकल र खानेपानी ट्यांकरको सहायतामा नेपाली सेना, शसस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयले आगो नियन्त्रणमा लिएका हुन् ।

दिउसो ४ बजे देखि सुरु भएको आगलागी २ घण्टा पछि नियन्त्रणमा लिएको थियो ।
आगलागीबाट मिनी मार्केट भित्रका सटरका अधिकांश सामग्री जलेर नष्ट भएका छन् भने आसपासका शिवशक्ति फर्निचर लगायतका सटरबाट स्थानीय र प्रहरीको सहयोगबाट सामानहरु निकालेर सडक मै राखीका थिए ।

भिडियोमा हेर्नुहोस