व्रतबन्ध के हो र किन गर्न आबश्यक छ ! भर्खरै प्रवासमा भएको व्रतबन्ध भिडियो सहित !

व्रतबन्ध के हो र किन गर्न आबश्यक छ !
संस्कृत भाषामा व्रत भन्नाले प्रतिज्ञा बुझिन्छ भने बन्ध भन्नाले बन्धन बुझिन्छ। व्रतबन्धको प्रतीक मानिने जनै ग्रहण गर्ने धार्मिक प्रक्रिया पनि हो। बालकको व्रतबन्ध प्राय बाल्यावस्थामा नै गरिन्छ, बालकको उमेर ८ वर्ष पूरा भएपछि उ ब्रह्मचर्यको कर्म निर्वाह गर्न सक्षम मानिन्छ र प्राय यही उमेरमा उस्को व्रतबन्ध गरिन्छ। त्यसैले यस कार्यलार्इ उपनयन पनि भनिन्छ।

व्रतबन्धको विशेष सूचकको रूपमा रहेको मुण्डन अनि जनै धारण प्रक्रिया रहेका छन् । कुनै कुनै जनै नलगाउने जातमा पनि व्रतबन्ध जस्तै छेवर गर्ने परम्परा रहिआएको छ। कुनै पनि हिन्दू धार्मिक कार्यमा झै व्रतबन्धमा पनि होम गरेझै अग्नि कुण्डमा पूजाआजा गरिन्छ। यस पूजा अन्तर्गत बालकको गुरुले बालकलाइ गायत्री मन्त्र सुनाउँछन्, जस अन्तर्गत बालकले हरेक वर्ष गुरू पूर्णिमाका दिन गुरूको मुख हेर्ने गर्दछन्।

व्रतबन्ध विशेष तिथिको दिन छानेर गरिन्छ र विहान झिसमिसेदेखि नै यसको कर्म शुरू हुन्छ। प्राथमिक क्रियाहरूमा नित्य कर्म, अनि साधारण पूजाहरू पर्दछन। व्रतबन्धको प्रतीक स्वरूप बालकले जनै ग्रहण गर्दछ अनि त्यस उपरान्त सदैव चोखो खाने, सत्कर्ममा लाग्ने, जनै ग्रहण गर्ने, भगवान्को जप गर्ने, गायत्री मन्त्रको जप गर्ने, खानु अगाडि अपसानी अर्पण गर्ने जस्ता नित्य कर्महरूको पालन गर्ने प्रण गर्दछ।(नेपाली विकिपिडियाको सहयोगमा)

त्यस्तै बेलायतमा पनि व्रतबन्ध हिन्दु शास्त्र अनुसार हुन् थालेको छ । बिस्तृत जानकारी सहित भिडियोमा हेर्नुहोस