टिक टोक बनाउनु होस् निकैनै ठुलो पुरुस्कार जित्नुहोस ! पातली टिमले ल्यायो पहिलो पटक यो तिजमा खुसि को खबर (भिडियो सहित)

स्कटनेपाल युके,

नेपाली नारीहरुको महान चाड हरितालीका तीजलाई लक्षीत गरि “पातली” बोलको तीजगीत कला लम्सालको अफिसियल युट्यूब च्यानल मार्फत सार्वजनिक भएको छ । सार्बजनिक भएको निकै छोटो समयमा चर्चा परिचर्चा कमाउन सफल भएको छ । आफ्नै नयाँ युट्युव च्यानलबाट सार्वजनकि गरेको भिडियो अहिले सर्बाधिक चर्चामा छ। उक्त गीत दर्शक हरुले बढी मन मनपराइ दिनुभएको गायिका कलाले जानकारी दिईन। चर्चित गायिका उक्त गितको प्रसार प्रचार भन्दा पनि एउटा फरक तरिका बाट यस गित लाइ दर्शक हरुको माझ पस्किने प्रायस गर्नु भएको हामीलाई जानकारी गराउनु भएको छ । उक्त गित को टिक टोक बनाउने र अधिक मात्रामा लाइक शेयर कमेन्ट गर्नु हुने महानुभाव हरुलाइ गायिकाले प्रतियोगितामा सहभागी भै पुरस्कार स्वरूप निकै ठुलो रकम पनि हस्तान्तरण गर्नु हुने जानकारी गराउनु भयो । विस्तृत जानकारी को लागि कला लम्सालको तल लेखिएको स्टाटस जस्ताको तस्तै पढ्नु होला ।

हेरौ यो भिडियो कला लम्सालको संसार भरि बाट टिक टोकमा यसरी चर्चा कमाउदै !

नमस्ते म गायिका कला लम्साल
सर्बप्रथम त , नेपाली नारीहरुको महान चाड हरितालीका तीज को अवसरमा मेरो आफ्नै युटुब च्यानलबाट बजारमा आएको तीज गीत #पातली# लाई हेरेर सुनेर , लाइक गरेर, सेयर गरेर, सब्स्क्राइब् गरेर साथै टिक्टक गरेर साथ दिनुहुने सबैलाई धन्यवाद दिन चाहन्छु।
आजको टिक्टकको अभिनयले भोलिको स्थापित कलाकार बन्न सक्ने सम्भाबित कुरालाई लिएर #पातली# गीतमा टिक्टक गर्नुहुने सम्पुर्ण लाई टिक्टक प्रतियोगिता आयोजना गरेको जानकारी गराउन चाहन्छु । टिक्टक गर्नुहुने महानुभाबहरु मध्ये सबैभन्दा उत्कृष्ट हुनुहुने लाई प्रथम पुरस्कार स्वरुप रु :25000 बराबर को सारी, दितिय हुनेलाई रु: 15’000 बराबर को लेहेङा , अनि तृतीय हुनेलाई रु:5000 बराबर को कुर्ता सरवाल प्रदान गरिने जानकारी गराउदछौँ ।मेरो यो बिसुद्द भाबनालाई सकारात्मक रुपमा लिदै यो अभियान मा सहभागि हुनुहुनेछ भन्ने अपेक्षाका साथ यहांहरुले सहभागिता लागी मेरो अफिसियल टिक्टक आइ डि @kalalamsal31. मा गएर टिक्टक भिडियो follow गरी , पातली गीत को चार वटा टुक्का मध्ये जुन सुकै टुक्का मा गर्न सक्नुहुनेछ , सह्भागिहरुले सारी लगाएको भिडियो लाई बिशेष प्राथमिकता दिएइनेछ, तीज नारी हरुको मात्र चाड भएको हुनाले यो प्रतियोगितामा नारीहरु मात्र सह्भागि गराइने , साथ साथै यस प्रतियोगिता को निर्णायक मण्डल मा पातली गीत का सम्पुर्ण युनिट रहनुहुने समेत ब्यहोरा जानकारी गराउन चाहन्छु
गायिका = कला लम्साल

कला लम्साल को पातली तिज कोसेली पनि हेर्नुहोस :